दुई कम्पनीका बोनस शेयर नेप्सेमा सूचीकृत
Author
NEPSE trading
शुक्रबार दुई वटा अलग-अलग कम्पनीका बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। ती कम्पनीहरूको कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
नेप्सेका अनुसार माउन्टेन इनर्जी नेपालको २९ लाख ५२ हजार ४०.५ कित्ता र नेशनल लघुवित्त वित्तीय संस्थाको ८ लाख १३ हजार १५४.६६४ कित्ता बोनस शेयर सूचीकृत भएका छन्। नेप्सेमा सूचीकृत भएसँगै ती दुबै कम्पनीका सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा आएपछि उक्त शेयर खरिदबिक्री गर्न सक्ने छन्।
नेशनल लघुवित्तले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७.५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने माउन्टेन इनर्जी नेपालले गत चैत १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो।