काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने कार्य निरन्तर अघि बढाएको छ। समितिका अनुसार हालै थप ५६ जना पीडित बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका हुन्, जससँगै हालसम्म शिवशिखर सहकारीका करिब १४०० बचतकर्ताले रकम फिर्ता पाइसकेका छन्।
समितिले बचत फिर्ता प्रक्रियामा तह-तह वर्गीकरणको विधि अपनाएको जनाएको छ। पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिइएको छ भने बाँकी बचतकर्तालाई पनि क्रमशः रकमको आधारमा वर्गीकरण गरी फिर्ता गरिने समितिले स्पष्ट पारेको छ।
बचतकर्तालाई फिर्ता गरिने रकम समस्याग्रस्त सहकारीबाटै असुल भएको ऋणबाट व्यवस्था गरिएको सरकारले जनाएको छ। अर्थात् यो रकम सरकारी कोषबाट होइन, सम्बन्धित सहकारीकै सम्पत्ति तथा ऋण असुलीबाट परिचालन गरिएको हो।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट बचतकर्तालाई रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर सञ्चालनमा रहेको छ।
KATHMANDU — The Problematic Cooperatives Management Committee has continued its ongoing effort to return savings to small depositors of Shiva Shikhar Cooperative. According to the committee, 56 more affected depositors have recently received their money back, bringing the total number of Shiva Shikhar depositors reimbursed so far to approximately 1,400.
The committee stated that it has adopted a tiered classification method for the refund process. In the first phase, priority was given to depositors with smaller savings amounts, and the remaining depositors will similarly continue to receive refunds in stages, classified according to the size of their deposits.
The government clarified that the funds being returned to depositors are sourced from loan recovery carried out at the cooperative itself. In other words, the money does not come from the state treasury but is generated from the cooperative's own recovered loans and managed assets.
The process of returning savings to depositors from funds recovered through loan recovery and asset management at troubled cooperative institutions continues to operate on an ongoing basis, in accordance with prevailing legal provisions.