NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Balen Shah Sworn in as Prime Minister, New Cabinet Formed Amid Economic Challenges
    बालेन शाह प्रधानमन्त्री बने, नयाँ मन्त्रीपरिषद गठन—अर्थतन्त्रमा चुनौती र अपेक्षा दुवै उच्च
    Investor
    2 min read
    Published on March 27, 2026
    NEPSE TRADING

    बालेन शाह प्रधानमन्त्री बने, नयाँ मन्त्रीपरिषद गठन—अर्थतन्त्रमा चुनौती र अपेक्षा दुवै उच्चBalen Shah Sworn in as Prime Minister, New Cabinet Formed Amid Economic Challenges

    बालेन्द्र साहले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै नयाँ सरकार गठन भएको छ। शीतल निवासमा आयोजित विशेष समारोहमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। वैदिक विधिअनुसार सम्पन्न शपथ कार्यक्रममा नेपाली सेनाले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री साहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अर्थ मन्त्रालयको जिम्मा डा. स्वर्णिम वाग्लेलाई दिइएको छ भने गृहमन्त्रीमा सुधन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधारमा सुनिल लम्साल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ लगायतका मन्त्रीहरूले पनि शपथ लिएका छन्। यससँगै नयाँ सरकारको औपचारिक यात्रा सुरु भएको छ।अर्थतन्त्रमा तत्काल चुनौतीनयाँ अर्थमन्त्रीका लागि आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्नु पहिलो ठूलो चुनौतीको रूपमा देखिएको छ। अन्तर्राष्ट्रिय स्तरमा युद्धको असरका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको छ, जसले नेपालमा समेत महँगीको चाप बढाउने संकेत दिएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण तेल आपूर्ति अस्थिर बन्दै जाँदा ढुवानी, उत्पादन र उपभोग्य वस्तुमा मूल्यवृद्धि तीव्र हुने देखिएको छ।रेमिट्यान्स र श्रमिकमा जोखिममध्यपूर्वमा कार्यरत करिब १७ लाख नेपाली श्रमिकको सुरक्षा र रोजगारी जोखिममा पर्न सक्ने अवस्था देखिएको छ। युद्ध लामो समयसम्म जारी रहेमा मासिक २०० अर्ब रुपैयाँभन्दा बढीको रेमिट्यान्स प्रवाहमा अवरोध आउन सक्ने चिन्ता व्यक्त गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा करिब २५–३० प्रतिशत योगदान दिने रेमिट्यान्समा असर पर्दा समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्नेछ।लगानी र आर्थिक गतिविधिमा सुस्तताहाल बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी थन्किए पनि बजारमा लगानीको वातावरण कमजोर रहेको देखिएको छ। राजनीतिक स्थायीत्वसँगै सुधारको अपेक्षा भए पनि व्यावहारिक कार्यान्वयन चुनौतीपूर्ण रहने संकेत देखिन्छ।बाचापत्र कार्यान्वयनको चुनौतीराष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो बाचापत्रमा सहकारी पीडितको रकम १०० दिनभित्र फिर्ता गर्ने, उद्यममैत्री वातावरण बनाउने, उत्पादनमुखी अर्थतन्त्र विकास गर्ने लगायतका महत्वाकांक्षी लक्ष्यहरू राखेको छ। तर सहकारी क्षेत्रमा भएको अर्बौं रकम अपचलन, सीमित स्रोत र जटिल प्रक्रिया हेर्दा ती लक्ष्यहरू कार्यान्वयन गर्न कठिन देखिन्छ।सरकारले साना बचतकर्तालाई राहत दिन चक्रीय कोषमार्फत १ लाख रुपैयाँसम्म फिर्ता गर्ने योजना अघि सारेको छ, जसका लागि २ अर्ब रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरिएको छ। यद्यपि, दीर्घकालीन समाधानका लागि अझ ठोस रणनीति आवश्यक देखिएको छ।नीति सुधार र आर्थिक रूपान्तरणका योजनासरकारले झन्झटिला ऐन खारेज गर्ने, ‘वन स्टप सेवा केन्द्र’ स्थापना गर्ने, गैर–बैंकिङ वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैंकको निगरानीमा ल्याउने, तथा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने योजना अघि सारेको छ। साथै विदेशी लगानी आकर्षित गर्ने, डलर खाता सहज बनाउने र ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्ने लक्ष्य पनि राखिएको छ।नयाँ सरकारप्रति जनताको अपेक्षा उच्च रहेको छ। राजनीतिक स्थायीत्व, आर्थिक सुधार र रोजगारी सिर्जनाको आशा गरिए पनि अन्तर्राष्ट्रिय दबाब, आन्तरिक संरचनात्मक समस्या र महत्वाकांक्षी बाचापत्रका कारण सरकारका लागि आगामी दिनहरू चुनौतीपूर्ण रहने निश्चित देखिन्छ।
    Balen Shah has officially taken the oath of office and secrecy, marking the formation of a new government in Nepal. The oath was administered by President Ram Chandra Poudel at a special ceremony held at Shital Niwas. The event was attended by Vice President Ram Sahaya Prasad Yadav, Chief Justice Prakash Man Singh Raut, and other senior political leaders and dignitaries. The ceremony followed Vedic traditions, with the Nepal Army presenting a ceremonial salute.The newly formed cabinet includes key appointments, with Dr. Swarnim Wagle taking charge as Finance Minister. Other ministers include Sudan Gurung as Home Minister, Shishir Khanal as Foreign Minister, Sunil Lamsal as Minister for Physical Infrastructure and Transport, and Biraj Bhakta Shrestha as Minister for Energy, Water Resources, and Irrigation. Prime Minister Shah himself has retained the portfolios of Defense and Industry, Commerce, and Supplies.Immediate Economic PressuresThe new government faces urgent economic challenges, with the national budget due by mid-June. Rising global tensions, particularly conflicts in the Middle East, have already triggered increases in petroleum prices, which are expected to drive inflation in Nepal. Higher energy costs are likely to affect transportation, production, and everyday consumer goods.Remittance and Labor RisksApproximately 1.7 million Nepali workers in the Middle East face potential risks due to ongoing conflict in the region. Any prolonged instability could disrupt remittance inflows, which contribute around 25–30% of Nepal’s GDP. A sudden decline in remittance—estimated at over NPR 200 billion monthly—could significantly impact the country’s economic stability.Weak Investment EnvironmentDespite excess liquidity in banks and financial institutions, Nepal’s investment climate remains sluggish. While political stability has raised expectations for economic recovery, translating those expectations into real economic activity remains a major challenge.Challenges in Delivering Party CommitmentsRastriya Swatantra Party has outlined ambitious commitments in its manifesto, including returning cooperative victims’ savings within 100 days and creating a business-friendly economic environment. However, given the scale of financial irregularities in the cooperative sector and limited state resources, fulfilling these promises may prove difficult.The government has proposed a revolving fund of NPR 2 billion to refund small depositors up to NPR 100,000. While this offers short-term relief, experts believe a comprehensive structural solution is still needed.Policy Reforms and Economic VisionThe government has pledged to eliminate outdated laws, establish a one-stop service center for investors, and bring non-banking financial institutions under stricter central bank supervision. Plans also include promoting innovation and entrepreneurship, attracting foreign investment, facilitating dollar accounts, and establishing a “National Knowledge Bank.”The new administration begins its tenure with high public expectations. While political stability offers hope for economic reform and growth, external pressures, structural weaknesses, and ambitious policy commitments present significant challenges ahead.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026