·

क्रेष्ट माइक्रो लाइफ आइपीओ: १८ करोडको सेयर आज अन्तिम दिन!

Author

Nepse trading

क्रेष्ट माइक्रो लाइफ आइपीओ: १८ करोडको सेयर आज अन्तिम दिन!

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज (फागुन २६) अन्तिम दिन हो। कम्पनीले फागुन २२ देखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको छ, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ छ। आवेदन न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म सी–आस्वा र मेरो सेयरमार्फत दिन सकिन्छ। कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता बिक्री भएको छ। कर्मचारीका लागि ६७ हजार ५०० र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता सुरक्षित गरी बाँकी सर्वसाधारणलाई दिइएको हो। एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको यस आइपीओलाई इक्रा नेपालले ‘डबल बी’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्छ।

Related News