NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Digital Trading Boosts Nepal’s Stock Market as Active Investors Cross 2.7 Million, Demat A...
    डिजिटल कारोबारको विस्तारसँगै सेयर बजारमा २७ लाख सक्रिय लगानीकर्ता, डिम्याट खाता ७२ लाख नाघ्यो
    Top
    1 min read
    Published on February 4, 2026
    NEPSE TRADING

    डिजिटल कारोबारको विस्तारसँगै सेयर बजारमा २७ लाख सक्रिय लगानीकर्ता, डिम्याट खाता ७२ लाख नाघ्योDigital Trading Boosts Nepal’s Stock Market as Active Investors Cross 2.7 Million, Demat Accounts Exceed 7.2 Million

    काठमाडौं । नेपालको धितोपत्रको दोस्रो बजारमा नियमित कारोबार गर्ने लगानीकर्ताको संख्या २७ लाख नाघेको छ भने डिम्याट खाताको कुल संख्या ७२ लाखभन्दा माथि पुगेको छ। अनलाइन कारोबार प्रणाली ‘टीएमएस’ र ‘मेरो सेयर’को प्रयोग विस्तार हुँदै जाँदा सेयर बजारमा लगानीकर्ताको सहभागिता पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ।

    नेपाल स्टक एक्सचेञ्ज को पुनर्संरचना प्रतिवेदन, २०८२ अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांकले प्रविधिमार्फत हुने बजार सहभागिता तीव्र रूपमा विस्तार भएको देखाएको छ। कुल ४५ लाखभन्दा बढी टीएमएस प्रयोगकर्तामध्ये २७ लाखभन्दा बढी सक्रिय रहनुले दोस्रो बजारको चहलपहल बढाएको संकेत गर्दछ।

    सीडीएससीका अनुसार आर्थिक वर्ष २०८२ मंसिर मसान्तसम्म डिम्याट खाताको संख्या ७२ लाख ३९ हजार ७ सय ५२ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या उल्लेखनीय रूपमा बढेको हो। आर्थिक वर्ष २०८१ असार मसान्तमा ६३ लाख रहेको डिम्याट खाता संख्या २०८२ असार मसान्तसम्म ९.३० प्रतिशतले वृद्धि भई ६८ लाख नाघेको थियो।

    त्यसैगरी, ‘मेरो सेयर’ प्रणाली प्रयोग गर्ने लगानीकर्ताको संख्या पनि तीव्र रूपमा बढ्दै गएको छ। मंसिर २०८२ सम्म यसको प्रयोगकर्ता संख्या ६३ लाख १५ हजारभन्दा माथि पुगेको छ। डिजिटल माध्यमबाट प्राथमिक तथा दोस्रो बजारमा पहुँच बढेसँगै लगानीकर्ताको सहभागिता थप मजबुत बन्दै गएको छ।

    दोस्रो बजारका लागि प्रयोग हुने टीएमएस प्रणालीका प्रयोगकर्तामध्ये २७ लाखभन्दा बढी सक्रिय रहनुले बजारमा नियमित कारोबारकर्ताको उपस्थिति सशक्त हुँदै गएको देखिन्छ। साथै, मंसिर २०८२ सम्म नेप्सेमा २८५ संगठित संस्था सूचीकृत छन् भने ९० धितोपत्र दलाल र २ धितोपत्र व्यापारी सक्रिय रूपमा कार्यरत छन्।

    डिजिटल प्रणालीको विस्तार, वित्तीय साक्षरताको वृद्धि र प्रविधिमैत्री सेवाका कारण आगामी दिनमा पनि नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता अझै बढ्ने अपेक्षा गरिएको छ।

    Kathmandu — The number of regular investors in Nepal’s secondary stock market has crossed 2.7 million, while the total number of demat accounts has exceeded 7.2 million. With the growing use of online trading platforms such as TMS and Meroshare, investor participation in the stock market has increased significantly in recent years.

    According to the restructuring report of Nepal Stock Exchange (NEPSE) for 2082, data from CDS and Clearing Limited (CDSC) shows a rapid expansion in technology-driven market participation. Out of more than 4.5 million TMS users, over 2.7 million are currently active, indicating growing trading activity in the secondary market.

    CDSC statistics show that by mid-Mangsir 2082, the total number of demat accounts had reached 7,239,752. This marks a significant rise compared to the previous fiscal year. The number of demat accounts stood at around 6.3 million in Ashar 2081 and grew by 9.3 percent to nearly 6.9 million by Ashar 2082.

    Similarly, the number of Meroshare users has also increased rapidly. By Mangsir 2082, the platform had more than 6.3 million users. Increased access to digital platforms for primary and secondary market transactions has strengthened investor engagement.

    Among TMS users, over 2.7 million are actively trading, reflecting a strong presence of regular investors in the market. As of Mangsir 2082, NEPSE has 285 listed institutional entities, along with 90 securities brokers and two securities dealers actively operating in the market.

    With the expansion of digital systems, rising financial awareness, and technology-friendly services, investor participation in Nepal’s capital market is expected to grow further in the coming years.

    Trending News

    • Trending16 Jun, 2026

      अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन

      Read news
    • Trending16 Jun, 2026

      बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

      Read news
    • Trending16 Jun, 2026

      राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

      Read news

    Related News

  • अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन
    Investor

    2 min read

    अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन

    NEPSE trading

    ·

    16 Jun, 2026

  • बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो
    Investor

    1 min read

    बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा
    Investor

    2 min read

    राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने
    Investor

    1 min read

    पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु
    Top

    1 min read

    अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

    NEPSE TRADING

    ·

    16 Jun, 2026