·
डिप्रोक्स लघुवित्तको नाफा ७०.८१ प्रतिशत बढ्यो
Author
Nepse trading

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। अनुसार, लघुवित्तको खुद नाफा ४३ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशत वृद्धि हो।
खुद ब्याज आम्दानीमा ५२.३५ प्रतिशत वृद्धि र खुद फि तथा कमिशन आम्दानीमा २१.६९ प्रतिशत कमी आएको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ८४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।
यस लघुवित्तको चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।