
Top
1 min read
NEPSETRADING
कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरणEmployees’ Provident Fund Distributes NPR 5.3 Billion Profit for Fiscal Year 2081/82
कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कुल मुनाफाबाट आफ्ना सञ्चयकर्ता र योगदानकर्ताहरूलाई पाँच अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ। कोषका अनुसार, सञ्चयकर्ताको व्यक्तिगत खातामा करिब पाँच अर्ब १९ करोड र निवृत्तिभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ जम्मा गरिएको छ। सञ्चालक समितिको फागुन २७ गतेको निर्णयअनुसार व्यक्तिगत खातामा रहेको मौज्दात रकमको १.०० प्रतिशत दरले मुनाफा वितरण गरिएको हो। कर्मचारी सञ्चय कोषले प्रत्येक वर्षको कुल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताको खातामा जम्मा गर्ने नीति लिएको छ भने बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने गरेको छ। हाल सञ्चयकर्ताले ८.२५ प्रतिशत ब्याज पाउँदै आएका छन्, जसमा १.०० प्रतिशत मुनाफा जोडिँदा कुल प्रतिफल ९.२५ प्रतिशत पुग्नेछ। साथै, कोषले घर, शैक्षिक, मर्मत, सरल र जग्गा खरिदका लागि सापटी सुविधा उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षमा मात्र सुत्केरी, शिशु स्याहार, काजकिरिया, दुर्घटना क्षतिपूर्ति र स्वास्थ्य उपचारमा कोषले करोडौं रुपैयाँ वितरण गरेको थियो। हाल कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तिभरण कोषका योगदानकर्ता आबद्ध रहेका छन्।
The Employees’ Provident Fund (EPF) has distributed NPR 5.3 billion as profit to its depositors and contributors from the total earnings of the fiscal year 2081/82. According to the fund, around NPR 5.19 billion was credited to individual depositor accounts, while NPR 105.5 million was credited to the accounts of contributors under the Pension Fund. Following the decision of the Board of Directors on Falgun 27, a profit equivalent to 1.00 percent of the opening balance in individual accounts was distributed. The fund follows a policy of depositing about 90 percent of the annual profit into depositors’ accounts, while the remaining is allocated to various welfare and reserve funds. Currently, depositors earn an interest rate of 8.25 percent, which, combined with the 1.00 percent profit, brings the total return to 9.25 percent. In addition, the fund provides loans for housing, education, maintenance, simple loans, and land purchase. In the last fiscal year alone, it disbursed millions of rupees for maternity and child care, condolence grants, accident compensation, and medical treatment. The EPF currently has 578,000 depositors and 96,000 contributors under the Pension Fund.




