गरिमा विकास बैंक लिमिटेडले आगामी वार्षिक साधारणसभा (AGM) र लाभांश वितरणका लागि कार्तिक १८ गतेलाई बुक क्लोज मिति तय गरेको छ। बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ३३५औं बैठकले उक्त मिति निर्धारण गरेको हो।
यस अनुसार कार्तिक १७ गतेसम्म नाम दर्ता भएका शेयरधनीहरू मात्र लाभांश पाउन योग्य हुनेछन्। बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।
प्रस्तावित लाभांशलाई स्वीकृतिका लागि बैंकले कार्तिक २७ गते पोखरामा वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा अन्य एजेन्डासहित लाभांश पारित भएपछि लगानीकर्ताले सो लाभांश प्राप्त गर्न सक्नेछन्।





