
ओटीसी बजारबाट सरकारलाई ३० करोडभन्दा बढी लाभकरGovernment Collects Over Rs 300 Million Capital Gains Tax from OTC Share Market
काठमाडौं । ओभर द काउन्टर (ओटीसी) बजारमा भएको सेयर कारोबारबाट सरकारले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार असार ५ गतेसम्म ओटीसी कारोबारबाट ३० करोड ७ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको हो ।
ओटीसी बजारबाट संकलित लाभकरमा सबैभन्दा ठूलो हिस्सा फोनपेको सेयर कारोबारको रहेको छ । फोनपेको सेयर बिक्रीबाट मात्रै सरकारले १८ करोड ३५ लाख रुपैयाँ लाभकर प्राप्त गरेको नेप्सेको तथ्यांकले देखाएको छ ।
गत माघमा फोनपेको ११ लाख ५२ हजार ११ कित्ता सेयर प्रतिकित्ता १ हजार ३१५ रुपैयाँका दरले कारोबार भएको थियो । उच्च मूल्यमा भएको उक्त कारोबारले ओटीसी बजारको कुल लाभकर संकलनमा ठूलो योगदान पुर्याएको हो ।
नेप्सेका अनुसार माघ महिनामा मात्रै ओटीसी कारोबारबाट १९ करोड ७४ लाख रुपैयाँ लाभकर उठेको थियो । त्यसपछि पुसमा ८ करोड ८७ लाख र चैतमा ७ करोड ४२ लाख रुपैयाँ लाभकर संकलन भएको छ ।
ओटीसी बजारबाट उठेको लाभकरको ठूलो हिस्सा केही सीमित कारोबारमा निर्भर देखिएको छ । विशेषगरी फोनपेको सेयर किनबेचले चालु आर्थिक वर्षको ओटीसी कारोबारलाई उल्लेख्य रूपमा प्रभाव पारेको छ ।
यसैबीच, दोस्रो बजारमा भएको सेयर कारोबारबाट भने लगानीकर्ताले चालु आर्थिक वर्षको जेठसम्म ९ अर्ब ५४ करोड ४७ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो । गत वर्ष जेठसम्म १५ अर्ब २७ करोड २४ लाख रुपैयाँ लाभकर संकलन भएको थियो ।
सेयर बजारमा आएको गिरावटसँगै दोस्रो बजारबाट उठ्ने लाभकरमा कमी आएको देखिन्छ । ओटीसी बजार भने नेप्सेमा सूचीकृत नभएका, सूचीकरणबाट हटाइएका वा मापदण्ड पूरा गर्न नसकेका कम्पनीका सेयर कारोबारका लागि प्रयोग हुँदै आएको छ ।
Kathmandu — The government has collected more than Rs 300 million in capital gains tax from share transactions conducted through the Over-the-Counter (OTC) market during the current fiscal year. According to Nepal Stock Exchange (NEPSE), Rs 300.7 million in revenue was collected from OTC transactions until Ashar 5.
The largest contribution came from the trading of shares of PhonePay. The government collected Rs 183.5 million in capital gains tax from PhonePay’s share transaction alone, accounting for around 65.67 percent of the total revenue collected from the OTC market.
In Magh, 1.15 million units of PhonePay shares were traded at Rs 1,315 per share. The transaction, conducted at a significantly higher price than the face value of Rs 100 per share, generated a substantial amount of capital gains tax.
According to NEPSE data, the highest monthly capital gains tax collection from the OTC market was recorded in Magh at Rs 197.4 million, followed by Rs 88.7 million in Poush and Rs 74.2 million in Chaitra.
The OTC market’s revenue collection has largely been driven by a limited number of high-value transactions, with PhonePay’s share trading playing a major role in boosting activity this fiscal year.
Meanwhile, investors trading shares in the regular secondary market paid Rs 9.54 billion in capital gains tax to the government until Jestha of the current fiscal year. The amount is lower compared to the same period last year, when investors had paid Rs 15.27 billion.
The decline in the stock market has also reduced capital gains tax collection from secondary market transactions.
The OTC market is a platform operated for trading shares of companies that are not listed on NEPSE, have been removed from listing, or have failed to meet listing requirements. It was established to maintain liquidity in such securities and protect investor interests.



