सरकारले आन्तरिक ऋण उठाउने उद्देश्यले १० अर्ब रुपैयाँ (१ हजार करोड) बराबरको ‘विकास ऋणपत्र–२०९६’ निष्कासन गर्ने भएको छ। १३ वर्ष अवधिको यो ऋणपत्रको बोलकबोल असोज २१ गते हुने र असोज २२ गते औपचारिक रूपमा निष्कासन गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थादेखि लिएर अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरूले पनि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले बोलकबोल प्रक्रियामा सहभागी हुन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
ऋणपत्रको ब्याजदर, भुक्तानी प्रक्रियालगायत थप विस्तृत जानकारीका लागि कार्यालयको वेबसाइटमा राखिएको सूचना हेर्न वा सिधै कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। सरकारले विकास निर्माणका काममा अपुग हुने रकम जुटाउन आन्तरिक बजारबाट यस्ता ऋणपत्र जारी गर्ने गर्छ।
The government is set to issue a 'Development Bond-2096' worth Rs 10 billion to raise domestic debt. According to the Public Debt Management Office (PDMO), the 13-year maturity bond will be auctioned on Ashwin 21 and officially issued the following day, on Ashwin 22.
A wide range of investors, including banks, financial institutions, individuals, firms, and private companies, are eligible to purchase the bond. Interested buyers can participate in the bidding process by submitting their applications through the PDMO’s designated online system.
For further details regarding the bond's interest rates, payment procedures, and other bidding information, the office has requested interested parties to check the notice on its official website or contact them directly. The government regularly issues such internal bonds to gather necessary funds to finance national development and infrastructure projects.