नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि चार जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्। अर्थ मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत चार जनालाई दोस्रो चरणका लागि छनोट गरेको हो।
सर्टलिस्टमा पर्ने उम्मेदवारहरूमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी रहेका छन्। यसअघि नेप्सेको नेतृत्व सम्हाल्न खुला आवेदन आह्वान गरिँदा आठ जनाले दरखास्त दिएका थिए। तीमध्ये कार्यविधिअनुसार योग्यता र मापदण्ड पुगेका चार प्रतिस्पर्धीलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको चरणमा पुर्याइएको मन्त्रालयले जनाएको छ।
छनोटमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी असोज २३ गते सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सञ्चालन हुनेछ। कार्यतालिका अनुसार असोज २३ गते बिहान ८ बजे नवराज सापकोटा र ९ बजे अनिलराज पौडेलको अन्तर्वार्ता तय गरिएको छ भने सोही दिन साँझ ५:३० बजे नारायणप्रसाद सापकोटा र ६:३० बजे प्रताप सुवेदीको प्रस्तुतीकरण हुनेछ। प्रतिस्पर्धीहरूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै उपस्थित हुन समितिले निर्देशन दिएको छ।
Four candidates have been shortlisted for the position of Chief Executive Officer (CEO) of the Nepal Stock Exchange (NEPSE). The Selection and Recommendation Committee, formed by the Ministry of Finance, selected the four applicants for the second phase through an open competitive selection process.
The shortlisted candidates are Anil Raj Paudel, Nabaraj Sapkota, Narayan Prasad Sapkota, and Pratap Subedi. Earlier, eight applicants had submitted their candidacies following a public call for applications to lead the stock exchange. According to the Ministry, the four candidates who met the requisite qualifications and criteria under the selection guidelines were advanced to the business plan presentation and interview stage.
The business action plan presentations and interviews for the shortlisted candidates will take place on Ashwin 23 at the Ministry of Finance in Singha Durbar, Kathmandu. According to the published schedule, Nabaraj Sapkota's interview is scheduled for 8:00 AM and Anil Raj Paudel's for 9:00 AM, while Narayan Prasad Sapkota and Pratap Subedi are set for 5:30 PM and 6:30 PM, respectively. The committee has instructed all candidates to arrive at the venue at least 30 minutes prior to their designated time.