·

गभर्नर पौडेलको आशंका: केही व्यक्तिको हातमा ऋण केन्द्रित, कानुनी सुधारको आवश्यकता

Author

NEPSE TRADING

गभर्नर पौडेलको आशंका: केही व्यक्तिको हातमा ऋण केन्द्रित, कानुनी सुधारको आवश्यकता

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केही व्यक्तिहरुको हातमा ऋण केन्द्रीकृत भएको आशंका व्यक्त गरेका छन्। सोमबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी बाफिया विधेयकमाथिको छलफलमा बोल्दै उनले सांसदहरूले यस विषयमा गम्भीर विचार गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार हालैको एक अध्ययनले देखाएको छ कि १९ लाख ४० हजार ऋणीमध्ये ०.०१ प्रतिशत व्यक्तिले कुल ऋणको ३.९ प्रतिशत उपयोग गरेका छन्। यसले ऋण प्रवाह केन्द्रीकृत बन्दै गएको संकेत दिन्छ र संसदले यसतर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ।

गभर्नर पौडेलले प्रश्न उठाए—बैंकका सञ्चालकले ऋण लिन पाउने कि नपाउने? पाए कति लिन पाउने? सञ्चालक भन्ने को? बैंक चलाउने व्यक्ति र व्यवसायीबीचको छुट्टै परिभाषा आवश्यक छ कि छैन? अन्य देशले जस्तै कानुनी स्पष्टता नेपालमा पनि चाहिन्छ कि छैन ? यस्तो अवस्थाले ऋण प्रवाह र त्यसबाट उत्पन्न स्वार्थ द्वन्द्वको समाधान बाफिया विधेयकमार्फत खोजिनुपर्छ भन्ने उनको जोड थियो ।

Related News