काठमाडौं — कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले आजदेखि नै उक्त सेयर बिक्रीमा राखेको जानकारी दिएको हो।
बैंकले जारी गरेको सूचनाअनुसार यसरी बिक्रीमा राखिएको सेयर खरिद गर्न हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा पुगी आवेदन दर्ता गराउनुपर्ने बैंकले जनाएको छ।
सेयरको मूल्य भने निश्चित दरमा तोकिने नभई सम्बन्धित बिक्रेता सेयरधनी आफैंले तय गर्ने बैंकले स्पष्ट पारेको छ। साथै तोकिएको ३५ दिनको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट खरिद प्रस्ताव नआएमा प्रचलित नियमबमोजिम संस्थापक सेयरधनीभन्दा बाहिरका व्यक्ति वा संस्थालाई समेत सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
कुमारी बैंकले यसअघि पनि विभिन्न संस्थापक सेयरधनीका नाममा रहेका सेयर बिक्रीका लागि पटक-पटक सूचना प्रकाशित गर्दै आएको हो। संस्थापक सेयरको स्वामित्व एकबाट अर्कोमा हस्तान्तरण हुँदा बैंक तथा नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको प्रचलित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
KATHMANDU — Kumari Bank Limited has opened for sale 258,209 units of promoter shares held by various promoter shareholders. The bank announced that the shares have been put up for sale starting today.
According to the notice issued by the bank, only existing promoter shareholders are eligible to apply for the shares now on sale. Interested shareholders must submit their applications within 35 days of the notice's publication date, either to the bank's share registrar, Kumari Capital, or to the bank's central office in Tangal.
The bank clarified that the selling price of the shares will not be fixed at a set rate but will instead be determined by the respective selling shareholders themselves. It further stated that if no purchase applications are received from existing promoter shareholders within the 35-day window, the process of selling the shares to individuals or institutions outside the promoter shareholder group will proceed, as per prevailing regulations.
Kumari Bank has previously issued similar notices on multiple occasions for the sale of promoter shares held in the names of various shareholders. Any transfer of ownership of promoter shares must comply with the prevailing legal procedures set by the bank and its regulator, Nepal Rastra Bank.