
Top
1 min read
NEPSETRADING
नेपाल राष्ट्र बैंक ले निर्देशित कर्जा सीमा ४०% बाट घटाएर ३०% मा झार्योNepal Rastra Bank Cuts Directed Lending Requirement from 40% to 30%
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्देशित कर्जाको सीमा घटाइएको छ। अब बैंकहरूले कुल कर्जाको न्यूनतम ३० प्रतिशत मात्रै निर्देशित क्षेत्रमा प्रवाह गरे पुग्ने व्यवस्था गरिएको छ, जुन यसअघि ४० प्रतिशत थियो। नेपाल राष्ट्र बैंक ले जारी गरेको संशोधित एकीकृत निर्देशनअनुसार कृषि क्षेत्रमा कर्जा प्रवाहको सीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ, जुन २०८३ पुसदेखि लागू हुनेछ। साथै, ऊर्जा, पर्यटन, सूचना प्रविधि, एमएसएमई र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूमा कुल २० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ। कृषि क्षेत्रमा तोकिएको न्यूनतमभन्दा बढी कर्जा प्रवाह गरेको अवस्थामा अन्य क्षेत्रमा अपुग भएको कर्जामा समायोजन गर्न सकिने छुट पनि दिइएको छ। यसैगरी, विकास बैंकका लागि २० प्रतिशत र फाइनान्स कम्पनीका लागि १५ प्रतिशत निर्देशित कर्जा प्रवाहको सीमा तोकिएको छ।
Kathmandu — The cap on directed lending for banks and financial institutions has been reduced, allowing them to allocate only 30% of their total loans to priority sectors, down from the previous 40%. According to the revised unified directive issued by Nepal Rastra Bank, the mandatory lending to the agricultural sector has been lowered from 15% to 10%, effective from mid-January 2027 (Poush 2083). The central bank has also restructured priority sectors to include energy, tourism, information technology, MSMEs, and industries based on domestic raw materials, requiring a combined 20% lending in these areas. Banks exceeding the minimum agricultural lending threshold will be allowed to offset shortfalls in other sectors. Additionally, development banks must maintain 20% and finance companies 15% of their lending in these directed sectors.




