
नेपाल राष्ट्र बैंक ले ‘स्थायी निक्षेप सुविधा’ अब दैनिक उपलब्ध गराउनेNepal Rastra Bank Makes Standing Deposit Facility Available Daily
नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न ‘स्थायी निक्षेप सुविधा’ (एसडीएफ) अब दैनिक रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि यो सुविधा हप्तामा तीन दिन मात्रै उपलब्ध हुँदै आएको थियो।
राष्ट्र बैंकले खुला बजार कारोबार सम्बन्धी कार्यविधि संशोधन गर्दै बुधबारदेखि लागू हुने गरी कार्यालय खुलेका हरेक दिन एसडीएफ प्रयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ।
यस सुविधामार्फत बैंक तथा वित्तीय संस्थाले आफ्नो अतिरिक्त तरलता एक दिनका लागि राष्ट्र बैंकमा राख्न सक्नेछन्। हाल राष्ट्र बैंकले उक्त निक्षेपमा २.७५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ।
केन्द्रीय बैंकका अनुसार पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलता बढ्दै गएपछि त्यसको प्रभावकारी व्यवस्थापन तथा ब्याजदर करिडोरलाई सन्तुलित बनाउन नयाँ व्यवस्था लागू गरिएको हो।
Nepal Rastra Bank has decided to make the Standing Deposit Facility (SDF) available on a daily basis to help manage excess liquidity in banks and financial institutions. Previously, the facility was available only three days a week.
The central bank stated that the revised provision has come into effect from Wednesday following amendments to the open market operation guidelines. Under the new arrangement, banks and financial institutions can now deposit excess liquidity with the central bank on every working day.
Through the SDF, financial institutions are allowed to park surplus funds at Nepal Rastra Bank for one day. The central bank is currently providing an interest rate of 2.75 percent on such deposits.
According to the central bank, the move is expected to support smoother liquidity management in the financial system and make the interest rate corridor more effective amid rising excess liquidity in the banking sector.




