
नेपाल राष्ट्र बैंक ले सार्वजनिक गर्यो बुधबारको विनिमयदरNepal Rastra Bank Publishes Foreign Exchange Rates for Wednesday
नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
त्यसैगरी, युरोको बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, बेलायती पाउण्डको २०६ रुपैयाँ ०५ पैसा तथा स्वीस फ्राङ्कको १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलरको बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा र क्यानेडियन डलरको ११० रुपैयाँ ५४ पैसा कायम भएको छ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको जनाएको छ।
केन्द्रीय बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक पर्न सक्नेछ।
Nepal Rastra Bank has released the foreign exchange rates for Wednesday. According to the central bank, the buying rate of one US dollar has been fixed at Rs. 152.08, while the selling rate stands at Rs. 152.68.
Similarly, the selling rate of one Euro has been set at Rs. 177.79, the UK Pound Sterling at Rs. 206.05, and the Swiss Franc at Rs. 195.41. The Australian dollar is being traded at Rs. 109.46 for selling, while the Canadian dollar’s selling rate has been fixed at Rs. 110.54.
The central bank has also set the buying rate of 100 Indian Rupees at Rs. 160 and the selling rate at Rs. 160.15.
Nepal Rastra Bank stated that the exchange rates may be revised at any time as required. It also noted that rates determined by commercial banks could differ slightly from the official rates published by the central bank.




