नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको ११ मंसिरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
कम्पनीले चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्याउने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी गरेको सूचनाअनुसार सरकारबाट १ अर्ब रुपैयाँ बराबरको सेयर लगानीका लागि रकम प्राप्त हुने व्यहोराको पत्र आएको छ। सोही अनुपातमा हकप्रद सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ।
हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ। कम्पनीमा सरकारको लगानी ४४.०४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको ७.२५ प्रतिशत छ। बाँकी सेयर विभिन्न कम्पनीको नाममा छ।
हकप्रद निष्कासन र चुक्ता पूँजी वृद्धिको प्रस्ताव स्वीकृतिका लागि साधारणसभामा पेस गरिनेछ।
Nepal Reinsurance Company is to issue 16.9176% rights shares. The company's board of directors took the decision at its meeting on 27 November 2026.
The rights issue is meant to take the company's paid-up capital to Rs 20 arba.
In a notice, the company said it has received a letter stating that the government will provide funds for a share investment of Rs 1 arba, and that the rights shares will be issued in that proportion.
The company's paid-up capital now stands at Rs 13 arba 42 crore. The government holds 44.04%, the general public 16% and Himalayan Life Insurance 7.25%. The rest is held by various companies.
The proposal to issue the rights shares and raise the paid-up capital will be taken to the general meeting for approval.