NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Index Falls Below 2,700 After Two Months Amid Gen Z Protests
    जेन–जी आन्दोलनको प्रभाव : नेप्से परिसूचक दुई महिनापछि २७०० विन्दुमुनि
    Investor
    1 min read
    Published on September 8, 2025
    NEPSE TRADING

    जेन–जी आन्दोलनको प्रभाव : नेप्से परिसूचक दुई महिनापछि २७०० विन्दुमुनिNEPSE Index Falls Below 2,700 After Two Months Amid Gen Z Protests

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार फेरि ओरालो लागेको छ । लगातार चार दिनदेखि घटिरहेको नेप्से परिसूचक यस दिन पनि झरेर दुई महिनापछि पुनः २७०० विन्दुमुनि पुगेको हो ।

    सोमबार नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा बन्द भएको छ । यसअघि गत असार २४ गते नेप्से २७०० विन्दुभन्दा तल २६८३.८६ विन्दुमा झरेको थियो । त्यसपछि पहिलो पटक यस दिन परिसूचक २७०० विन्दु तल आएको हो ।

    आन्दोलनको प्रभावले बजारमा थप दबाब

    बजार ओरालो लाग्ने क्रममा आज भएको जेन–जी आन्दोलनले थप दबाब सिर्जना गरेको देखिन्छ । आन्दोलनमा केही हताहत भएको समाचारले लगानीकर्तामाझ अन्यौलता बढाएको छ । आगामी दिनमा आन्दोलनले कस्तो रुप लिन्छ भन्ने अनिश्चितताले लगानीकर्तालाई सतर्क बनाएको र बजारमा नकारात्मक असर पारेको विश्लेषकहरुको भनाइ छ ।

    कारोबार रकममा वृद्धि

    नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आइतबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । यस दिन ३२० कम्पनीका १ करोड १७ लाख १७ हजार कित्ता शेयर ५९ हजार ७०४ पटक किनबेच भएका छन् ।

    प्रमुख स्टकको उतारचढाव

    हिम स्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ १० पैसा बढेर ४३० रुपैयाँ ५० पैसामा पुगेको हो ।

    तर, बाराही हाइड्रोपावरको शेयरमूल्य भने सबैभन्दा धेरै ५.२८ प्रतिशतले घटेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर र गिरावटदर ५ प्रतिशतभन्दा कम रहेको छ ।

    कारोबार रकममा शीर्ष स्थान

    कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो स्थानमा पुगेको छ । यस दिन कम्पनीको ३० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको कारोबार २४ करोड रुपैयाँभन्दा बढी भएको छ भने यूनिभर्सल पावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।

    सबै उपसमूहमा गिरावट

    सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूह ३.३१ प्रतिशतले घट्दै सर्वाधिक प्रभावित भएको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढी घटेका छन् ।

    यसरी, आन्दोलन र राजनीतिक अनिश्चितताको छायाँमा शेयर बजारमा निरन्तर गिरावट देखिँदा लगानीकर्ताको मनोबल थप कमजोर बनेको विश्लेषण गरिएको छ ।

    The stock market continued its downward trend on Monday, the second trading day of the week, as the NEPSE index plunged below the 2,700 mark for the first time in two months.

    The NEPSE index dropped by 35.99 points to close at 2,672.25. Previously, on July 8 (Ashar 24), the index had closed at 2,683.86, marking the last time it was below the 2,700 level.

    Impact of Gen Z Protests

    Adding to the ongoing decline, today’s Gen Z protests put further pressure on the market. Reports of casualties during the demonstrations have created uncertainty among investors. Analysts note that concerns about how the protests will unfold in the coming days have negatively affected investor sentiment.

    Trading Volume Increases Despite Decline

    While the index fell, trading volume actually increased. On Sunday, the market recorded transactions worth NPR 4.40 billion. On Monday, turnover rose to NPR 5.23 billion with 59,704 trades involving 117.17 million shares of 320 listed companies.

    Key Stock Movements

    Him Star Energy’s stock once again hit the positive circuit level, gaining NPR 39.10 to close at NPR 430.50.

    In contrast, Barahi Hydropower was the biggest loser of the day, with its share price dropping by 5.28 percent. Other stocks showed gains or losses of less than 5 percent.

    Top Companies by Turnover

    By transaction value, Nepal Reinsurance Company led the market with over NPR 3.06 billion in turnover. Union Hydropower followed with transactions exceeding NPR 2.4 billion, while Universal Power recorded more than NPR 2.3 billion in trading.

    All Sub-Indices Decline

    All 13 sectoral sub-indices closed lower. The trade sub-index was the hardest hit, down 3.31 percent. Banking, development banks, hotels and tourism, hydropower, investment, manufacturing & processing, microfinance, non-life insurance, and others also posted declines of more than 1 percent.

    With political unrest and uncertainty stemming from the protests, the stock market’s continuous decline has further weakened investor confidence.

    Trending News

    • Trending9 Jun, 2026

      आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण

      Read news
    • Trending8 Jun, 2026

      सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

      Read news
    • Trending8 Jun, 2026

      कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो

      Read news

    Related News

  • आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण
    Investor

    2 min read

    आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण

    NEPSE trading

    ·

    9 Jun, 2026

  • सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा
    Top

    3 min read

    सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

    NEPSE TRADING

    ·

    8 Jun, 2026

  • कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो
    Investor

    1 min read

    कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो

    NEPSE TRADING

    ·

    8 Jun, 2026

  • एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
    Top

    1 min read

    एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    NEPSE trading

    ·

    7 Jun, 2026

  • आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो
    Top

    2 min read

    आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

    NEPSE TRADING

    ·

    7 Jun, 2026