NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. the Prime Minister Must Apologize, and Gen-Z Must Show Restraint
    प्रधानमन्त्रीले माफी माग्नुपर्छ, जेन–जी युवाले संयम देखाउनुपर्छ
    Investor
    2 min read
    Published on September 8, 2025
    NEPSE TRADING

    प्रधानमन्त्रीले माफी माग्नुपर्छ, जेन–जी युवाले संयम देखाउनुपर्छ the Prime Minister Must Apologize, and Gen-Z Must Show Restraint

    नेपालको इतिहासमा युवापुस्ताले बोकेको आवाज कति शक्तिशाली हुन्छ भन्ने कुरा पछिल्लो ‘जेन–जी आन्दोलन’ ले प्रमाणित गरिदिएको छ। १३ वर्षदेखि २८ वर्षबीचका युवाहरूले सरकारको भ्रष्टाचार, अकर्मण्यता र असंवेदनशीलताविरुद्ध गरेको आन्दोलन पहिलो दिनमै हिंसात्मक र दुःखदायी ढंगले उफ्रिएको छ। राजधानी काठमाडौंदेखि बाहिरी सहरहरूमा भएको झडप, गोलीप्रयोग र आगजनीले मुलुक शोकमा डुबेको छ। अहिलेसम्मै १७ भन्दा बढी युवाको ज्यान गइसकेको र यो संख्या अझ बढ्ने आकलन भइरहेको अवस्थामा मुलुककै भविष्य बोकेको पुस्ता रगतमा ढलेको दृश्यले सम्पूर्ण समाजलाई आक्रोशित तुल्याएको छ।

    फेसबुक, युट्युबसहित २४ वटा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध आन्दोलनको प्रत्यक्ष कारण देखिए पनि, यो विद्रोहको वास्तविक बीउ भने दशकौँदेखि सञ्चित भ्रष्टाचार, अवसरवाद र असमानतामा छ। युवाले पढ्दा–पढ्दै रोजगारी नपाउनु, जागिर खान घूस दिनुपर्ने अवस्था, राजनीतिमा नातावाद–क्लाइण्टेलिजम, न्यायपालिकामा समेत दलको आदेश पालना गर्ने प्रवृत्ति, र सरकारी कार्यालयमा सर्वव्यापी भ्रष्टाचार—यी सबैले उनीहरूलाई राज्यसँग विमुख बनाएको हो। सामाजिक सञ्जाल बन्द हुनु त केवल ‘ट्रिगर’ मात्र हो, विद्रोहको आधार भने गहिरो संरचनागत अन्याय हो।

    युवाको ज्यान गएको घटनामा गृह मन्त्रालयको असफलता सर्वत्र देखिन्छ। आन्दोलन सुरु भएको दिन बिहानदेखि नै युवाहरू सडकमा उत्रिएका थिए, तर सम्भावित भिडन्त रोक्ने जिम्मेवारी बोकेको गृहमन्त्रालय र सुरक्षा संयन्त्रले उचित तयारी गर्न सकेन। परिणाम स्वरूप गोली प्रहार र बलप्रयोगले अनावश्यक ज्यान गयो। यसरी सुरक्षाको संवेदनशील जिम्मेवारी वहन गर्ने गृहमन्त्रीले अब पनि पदमा अडिग रहनु लोकतान्त्रिक संस्कृतिसँग ठट्टा गर्नु हो। गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ।

    यति मात्र होइन, प्रधानमन्त्री स्वयंले पनि जनतासामु निष्कपट भई माफी माग्नैपर्छ। सरकार प्रमुखका रूपमा उनी देशको चरम अव्यवस्था, बढ्दो असन्तोष र अनियन्त्रित भ्रष्टाचारका प्रत्यक्ष जिम्मेवार छन्। माफी माग्नु कमजोरी होइन, बरु जनताप्रति उत्तरदायित्वको सम्मान हो।

    युवाहरू सडकमा ढलेर मरिरहेका बेला स्थापित दलहरू मौन देखिनु, कतिपय नेताले आन्दोलनलाई राजनीतिक प्रलोभनको दृष्टिले मात्र हेर्नु र केही सञ्चार माध्यमहरूले सरकारकै स्वर दोहोर्याउनु—यी सबै घोर आपत्तिजनक कुरा हुन्। पत्रकारिताले सत्ताको प्रतिवाद गर्नुको साटो सत्ताकै प्रवक्ता बन्ने प्रवृत्ति र अदालतले दलको आदेश पर्खने प्रवृत्तिले युवाको आक्रोश अझ चर्काएको छ।

    युवाहरूको आन्दोलन न्यायसंगत मागसहित सुरु भए पनि, संसद् भवनको पर्खाल भत्काउने वा सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने कामले आन्दोलनको निष्ठामा प्रश्न उठाउँछ। सुरक्षा निकायको दमन मुख्य कारण भए पनि आन्दोलनका संयोजकहरूले पनि समर्थकलाई संयमित राख्न सकेनन्। लोकतान्त्रिक आन्दोलनको बल हिंसामा होइन, नैतिकतामा हुन्छ भन्ने कुरा भुल्नु हुँदैन।

    यो आन्दोलन अझै सफल वा असफल घोषित भएको छैन। तर यसले देशको राजनीति र शासन प्रणालीलाई गहिरो घच्घचो दिएको छ। सरकार अब पनि ढिलाइ नगरी युवाको माग सम्बोधन गर्ने दिशामा अघि बढ्नुपर्छ। भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार—यी मागलाई सरकार गम्भीरतापूर्वक सम्बोधन नगरे अर्को विस्फोट रोक्न सकिँदैन।

    युवापुस्ताले चाहेको कुरा ठूला–ठूला भाषण होइन, इमान्दार नेतृत्व र पारदर्शी शासन हो।
    यदि अहिले पनि सत्ता सुस्तायो भने यो आन्दोलन अर्को ऐतिहासिक परिवर्तनको बाटो खोल्न सक्छ।

    The recent Generation-Z Movement has once again proved how powerful the collective voice of Nepal’s youth can be. Young people between the ages of 13 and 28, disillusioned by corruption, incompetence, and the insensitivity of the state, poured into the streets in protest. Within hours, what began as a symbolic demonstration erupted into one of the most violent episodes in Nepal’s recent history. By evening of the first day, at least 17 young lives had been lost, with observers fearing the number could climb far higher. From Kathmandu to other major cities, clashes, gunfire, and arson have thrown the nation into mourning and outrage.

    The immediate spark was the government’s sudden decision to shut down 24 social media platforms, including Facebook and YouTube. Yet, the roots of the movement are far deeper. Years of systemic corruption, political favoritism, nepotism, unemployment despite higher education, and a judiciary compromised by partisan control have all fed the flames of frustration. For the younger generation, every step in life—from getting a job to seeking justice—has been plagued by bribery and exploitation. The social media ban was only the trigger; the true fuel was accumulated anger against decades of structural injustice.

    The loss of so many young lives on the very first day reveals the grave failure of the security apparatus. The Ministry of Home Affairs had ample warning of mass protests but failed to ensure preventive or peaceful management. Instead, excessive use of force—including live ammunition—turned a public outcry into a bloodbath. In any democratic society, such failure demands accountability. The Home Minister must resign without delay.

    Equally, the Prime Minister cannot remain silent. As head of government, he is ultimately responsible for the prevailing misgovernance, the deepening despair, and the unchecked corruption. A public apology is not a weakness; it is an act of humility and accountability to the people.

    Even as youth were dying in the streets, major political parties chose silence or opportunism. Some leaders dismissed the protests as politically motivated while others attempted to exploit them for partisan gain. The media too, in many cases, failed in its duty—echoing government narratives instead of amplifying the voices of the oppressed. A press that behaves like the mouthpiece of power rather than its watchdog is complicit in eroding democracy.

    While the grievances are legitimate, and state violence is the primary cause of bloodshed, the youth movement must also recognize its responsibility. Acts of vandalism and arson near Parliament House have raised questions about discipline. Genuine democratic struggle draws its power not from chaos but from moral authority. Protest leaders must learn to channel anger into peaceful but firm resistance, ensuring that passion does not descend into lawlessness.

    The movement is neither victorious nor defeated yet. But it has shaken the very foundations of Nepal’s governance. The government must urgently respond to youth demands—fighting corruption, creating jobs, reforming education and healthcare, and restoring transparency. Anything less will only invite a larger and more uncontrollable uprising in the near future.

    What the youth demand is not fiery speeches, but honest leadership and transparent governance. If the government continues its arrogance and delay, this movement could ignite a larger historic transformation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026