NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. New Executive Committee Elected at Nepal–Britain Chamber of Commerce; Dr. Roshan Rathi Cho...
    नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व, डा. रोशन राठी अध्यक्ष निर्वाचित
    Investor
    2 min read
    Published on November 18, 2025
    NEPSE TRADING

    नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व, डा. रोशन राठी अध्यक्ष निर्वाचितNew Executive Committee Elected at Nepal–Britain Chamber of Commerce; Dr. Roshan Rathi Chosen as President

    काठमाडौं – नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घले राजधानीमा सम्पन्न आफ्नो साधारण सभा मार्फत डा. रोशन राठीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यकारिणी समिति चयन गरेको छ। साधारण सभामा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो।

    सभाको अध्यक्षता निवर्तमान अध्यक्ष राजेन्द्र कुमार खेतानले गरेका थिए। उनले द्विपक्षीय व्यापार र आर्थिक सहकार्य सुदृढ बनाउन सङ्घले आगामी वर्षहरूमा अघि बढाउने रणनीति र योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। विशेष गरेर यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेडको पुनः सक्रियतासँगै नेपाल–बेलायतबीच व्यवसायिक साझेदारी झनै मजबुत भएको उनीहरूको भनाइ थियो।

    कार्यक्रमको मुख्य आकर्षणमा राजेन्द्र कुमार खेतानलाई “प्रेसिडेन्ट एमेरिटस” उपाधिद्वारा सम्मान गरिएको थियो। साधारण सभाले उनको संस्थागत नेतृत्व, दीर्घकालीन योगदान तथा सङ्घलाई सबल रूपमा पुनर्स्थापना गर्न खेलेको भूमिकाप्रति उच्च सम्मान व्यक्त गर्दै कृतज्ञता प्रकट गर्‍यो।

    नवगठित कार्यकारिणी समिति वित्त, बैंकिङ, व्यापार, उद्यमशीलता, विकास क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीका अनुभवी व्यक्तिहरूको संयोजन रहेको छ। यस विविध नेतृत्वले नेपाल–बेलायतबीच व्यापार र लगानी साझेदारीलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरिएको छ।

    नवनिर्वाचित अध्यक्ष डा. रोशन राठीले सदस्यहरूले दिएको विश्वासप्रति आभार प्रकट गर्दै व्यापार प्रवर्द्धन, बजार पहुँच विस्तार, लगानी प्रोत्साहन तथा दुवै देशका निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्न आफू प्रतिबद्ध रहने बताए।

    सन् १९९५ मा स्थापना भएको नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ नेपालमा क्रियाशील प्रमुख द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूमध्ये एक हो। विगत ३० वर्षदेखि सङ्घले व्यापार तथा लगानी प्रवर्द्धन, निजी क्षेत्रलाई जोड्ने, नीति संवादमा सहकार्य गर्ने, निर्यात विस्तार, प्रविधि हस्तान्तरण र व्यापारिक प्रतिनिधिमण्डल आदान–प्रदानजस्ता विविध गतिविधि गर्दै आएको छ। सङ्घ दुवै देशबीच दीर्घकालीन साझेदारी र दिगो आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण सेतुको रूपमा सक्रिय रहँदै आएको छ।

    साधारण सभाले सर्वसम्मतिले नयाँ कार्यकारिणी समिति यस प्रकार अनुमोदन गरेको छः

    • अध्यक्ष : डा. रोशन राठी (एलसीसीआई ग्लोबल क्वालिफिकेशन्स प्रा. लि.)

    • उपाध्यक्ष : पियुष राज अर्याल (लक्ष्मी सनराइज बैंक लि.)

    • कोषाध्यक्ष : विद्यावरिदि सिग्देल (डोल्मा इम्प्याक्ट फण्ड)

    • महासचिव : सरद बञ्जारा (जेनेस सोलुसन्स)

    • उप–महासचिव : गोविन्द शाही (युनिलिभर नेपाल लि.)

    • कार्यकारिणी सदस्य : येमी कार्की (स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लि.)

    • कार्यकारिणी सदस्य : शिव प्रकाश खेम्का (महावीर श्री इन्टरनेशनल)

    • कार्यकारिणी सदस्य : नीलु बस्न्यात (डीएआई ग्लोबल)

    • निवर्तमान अध्यक्ष : राजेन्द्र कुमार खेतान (लक्ष्मी कर्प)

    Kathmandu – The Nepal–Britain Chamber of Commerce (NBCC) has elected a new executive committee under the leadership of Dr. Roshan Rathi for the next three years. The decision was made during the chamber’s annual general meeting held in Kathmandu, attended by prominent representatives from Nepal’s private sector, banking, development, industry, and trade communities.

    The meeting was chaired by outgoing president Rajendra Kumar Khetan, who highlighted the chamber’s renewed strategic direction to strengthen bilateral economic cooperation between Nepal and the United Kingdom. He noted that the reactivation of the UK Department for Business and Trade in Nepal and the growing commercial partnership between the two countries have opened new avenues for investment and collaboration.

    A major highlight of the event was the ceremonial recognition of Rajendra Kumar Khetan as “President Emeritus.” The assembly expressed deep gratitude for his long-term contribution, exemplary leadership, and significant role in revitalizing the chamber into a strong and vibrant institution.

    The newly elected executive committee comprises a powerful blend of expertise from finance, banking, multinational enterprises, development, entrepreneurship, and business leadership. This diverse leadership is expected to inject new energy into the chamber and further enhance trade and investment relations between Nepal and the UK.

    In his remarks, newly elected president Dr. Roshan Rathi thanked the members for their trust and reaffirmed his commitment to promoting bilateral trade, improving market access, encouraging investment, and strengthening private-sector partnerships between the two nations.

    Established in 1995, the Nepal–Britain Chamber of Commerce is one of Nepal’s leading bi-national business chambers. For the past 30 years, it has played a key role in fostering trade, investment, technology transfer, policy dialogue, export expansion, business delegations, and sector-wise cooperation between Nepal and the United Kingdom. The chamber continues to serve as a reliable bridge for long-term partnership and sustainable economic growth.

    The general assembly unanimously approved the following new executive committee:

    • President: Dr. Roshan Rathi (LCCI Global Qualifications Pvt. Ltd.)

    • Vice-President: Piyush Raj Aryal (Laxmi Sunrise Bank Ltd.)

    • Treasurer: Vidyaweridi Sigdel (Dolma Impact Fund)

    • General Secretary: Sarad Banjara (Gennes Solutions)

    • Deputy General Secretary: Govinda Shahi (Unilever Nepal Ltd.)

    • Executive Member: Yemi Karki (Standard Chartered Bank Nepal Ltd.)

    • Executive Member: Shiv Prakash Khemka (Mahabir Shri International)

    • Executive Member: Neelu Basnyat (DAI Global)

    • Immediate Past President: Rajendra Kumar Khetan (Laxmi Corp)

    Trending News

    • Trending8 Jun, 2026

      सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

      Read news
    • Trending8 Jun, 2026

      कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो

      Read news
    • Trending7 Jun, 2026

      एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

      Read news

    Related News

  • सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा
    Top

    3 min read

    सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

    NEPSE TRADING

    ·

    8 Jun, 2026

  • कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो
    Investor

    1 min read

    कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो

    NEPSE TRADING

    ·

    8 Jun, 2026

  • एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
    Top

    1 min read

    एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    NEPSE trading

    ·

    7 Jun, 2026

  • आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो
    Top

    2 min read

    आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने
    Investor

    1 min read

    साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने

    NEPSE TRADING

    ·

    7 Jun, 2026