·
एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गर्यो
Author
Nepse trading

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरूलाई २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको चुक्तापुँजीका आधारमा २.५ प्रतिशत बोनस सेयर (६ करोड २५ लाख ६५ हजार ४४८ रुपैयाँ) र ०.१३१५७९ प्रतिशत नगद लाभांश (३२ लाख ९२ हजार ९७१ रुपैयाँ) दिने निर्णय गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ।