
सिटिजन्स बैंकका संस्थापक शेयर बिक्रीमा खरिददार अभाव, फेरि सूचना जारीNo Buyers for Citizens Bank's Promoter Shares Despite Repeated Notices
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका शेयरधनी रोशन श्रेष्ठले आफ्नो स्वामित्वका संस्थापक शेयर बिक्री गर्न खोज्दा पटक–पटक खरिददार नआएपछि बैंकले नयाँ सूचना सार्वजनिक गरेको छ। श्रेष्ठले बिक्री गर्न खोजेका २ लाख ७७ हजार २६४.६६ कित्ता संस्थापक शेयर किन्न चाहने योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार श्रेष्ठले सुरुमा २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएका थिए। यी शेयर खरिदका लागि संस्थापक शेयरधनीहरूलाई लक्षित गर्दै बैंकले २०८१ पुस २६ गते नेपाली हिमालय टाइम्स राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना निकालेको थियो। तर कुनै आवेदन परेन।
त्यसपछि सर्वसाधारणसमेतलाई किन्न दिने गरी २०८१ चैत ११ गते अर्को ३५ दिने सूचना प्रकाशित गरियो, तापनि खरिददार आएनन्। तेस्रोपटक २०८२ माघ २० गते १५ दिने सूचना निकाल्दा पनि शेयर किन्न कोही अघि सरेनन्।
यसैबीच बैंकको १९औं वार्षिक साधारण सभाले बोनस शेयर पारित गरेपछि बिक्री गर्न खोजिएको शेयर संख्या २ लाख ६४ हजारबाट बढेर २ लाख ७७ हजार कित्ता पुगेको छ। बढेको यही परिमाणसहित श्रेष्ठले पुनः बिक्रीका लागि निवेदन दिएपछि बैंकले गत जेठ १९ गते यो ताजा सूचना जारी गरेको हो।
प्रचलित कानूनबमोजिम संस्थापक शेयर खरिद गर्न योग्य व्यक्ति वा संस्थाले उक्त शेयर किन्न चाहेमा बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ। एक वर्षभन्दा बढी अवधिमा चारपटकसम्म सूचना निकाल्दा पनि खरिददार नआउनुले संस्थापक शेयरप्रतिको माग सुस्त रहेको देखाउँछ।
Citizens Bank International Limited has issued a fresh public notice after repeated attempts by one of its promoter-group shareholders to sell his holding drew no buyers. According to the bank, promoter shareholder Roshan Shrestha is seeking to offload 277,264.66 units of promoter shares, and any eligible individual or institution wishing to buy them may apply within 15 days of the notice's publication.
The bank says Shrestha initially applied to sell 264,061.58 units of promoter shares. To find a buyer, the bank first published a 35-day public notice in the Nepali Himalaya Times national daily on Poush 26, 2081, targeting fellow promoter shareholders. No application was received.
A second 35-day notice was then published on Chaitra 11, 2081, opening the purchase to the general public as well, but again no buyer came forward. A third notice, this time for 15 days, was issued on Magh 20, 2082, and once more no one stepped up to buy the shares.
In the meantime, the bank's 19th Annual General Meeting approved a bonus share issue, which lifted the number of shares on offer from 264,000 to 277,000 units. With this increased quantity, Shrestha reapplied to sell, prompting the bank to issue this latest notice on Jeth 19 (June 2).
Under prevailing law, an eligible individual or institution wishing to purchase the promoter shares must submit an application at the bank's central office on Narayanhiti Path. That four notices over more than a year have failed to attract a single buyer points to sluggish demand for promoter shares.



