·

बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

Author

NEPSE trading

बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं - बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले निरन्तर तरलता खिच्न सुरु गरेको छ। आइतबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्ने योजना बनाएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरी ७० अर्ब रुपैयाँ खिच्न लागेको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिएपछि ब्याजदर करिडोर व्यवस्थापन गर्न राष्ट्र बैंकलाई कठिनाइ भइरहेको छ। राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमाभन्दा बाहिर गएपछि निक्षेप संकलन उपकरणको सहायताले तरलता खिच्न कदम चालेको हो।

तरलता व्यवस्थापनको यस प्रक्रियाले बैंकिङ प्रणालीमा तरलताको सन्तुलन कायम गर्न र ब्याजदर स्थिर राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

Related News