NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Sayapatri Hydropower Faces Sharp Profit Drop, EPS Down to Rs.1.93
    सायपत्री हाइड्रोपावरको नाफा घट्यो, EPS १.९३ रुपैयाँमा
    Stock
    2 min read
    Published on August 17, 2025
    NEPSE TRADING

    सायपत्री हाइड्रोपावरको नाफा घट्यो, EPS १.९३ रुपैयाँमाSayapatri Hydropower Faces Sharp Profit Drop, EPS Down to Rs.1.93

    सायपत्री हाइड्रोपावर लिमिटेडले २०८२ असार मसान्तसम्मको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा उल्लेख्य रुपमा घटेको छ।

    यो त्रैमासमा कम्पनीले ५७.७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो त्रैमासको १ करोड १० लाख रुपैयाँ भन्दा करिब ४८% कम हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो, जसको तुलनामा अझै ठूलो गिरावट आएको छ।

    नाफा घट्नुको प्रमुख कारण कम्पनीको धितोपत्र कर्जा खर्च (Finance Costs) मा बढोत्तरी हो। यस त्रैमासमा मात्र वित्तीय खर्च ३८.३२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो त्रैमासको २९.६४ करोड रुपैयाँ भन्दा धेरै हो। त्यस्तै, प्रशासनिक खर्च र मर्मत-सम्भार खर्च पनि बढेका छन्।

    यस अवधिमा कम्पनीले ५८ करोड रुपैयाँ संचालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ५२.७७ करोड रुपैयाँ भन्दा केही बढी हो। तर, उच्च ब्याज खर्च र मूल्यह्रास (Depreciation) को कारणले कुल नाफा घटेको देखिन्छ।

    लगानीकर्ताको दृष्टिले हेर्दा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १.९३ रुपैयाँ मा झरेको छ, जुन अघिल्लो त्रैमासमा ३.६९ रुपैयाँ र अघिल्लो वर्षको सोही अवधिमा ५.२७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९२.७८ रुपैयाँमा रहेको छ भने बजार मूल्य १५४ रुपैयाँमा व्यापार भइरहेको छ। यसअनुसार कम्पनीको P/E अनुपात ७९.८ पुगेको छ, जसले शेयरको मूल्य आम्दानीको तुलनामा निकै महँगो भएको देखाउँछ।

    यस अवधिसम्म कम्पनीको कुल सम्पत्ति ५०३.४१ करोड रुपैयाँ पुगेको छ भने कुल इक्विटी २७८.३३ करोड रुपैयाँ छ। कम्पनीको संचित नोक्सानी (Retained Earnings) अझै पनि -२१.६६ करोड रुपैयाँ मा छ, जसले विगतका घाटाले अझै दबाब दिएको देखाउँछ।

    नगद प्रवाह (Cash Flow) पक्षमा भने स्थिति नकारात्मक छ। यस त्रैमासमा -९०.८७ लाख रुपैयाँ संचालन गतिविधिबाट नगद प्रवाह देखिएको छ। साथै, ब्याज भुक्तानीका कारण वित्तीय नगद प्रवाहमा समेत दबाब देखिएको छ। फलस्वरूप नगद एवं नगद समकक्ष (Cash & Cash Equivalents) घटेर २९.५५ लाख रुपैयाँ मा सीमित भएको छ, जुन अघिल्लो त्रैमासमा ८५.८८ लाख रुपैयाँ थियो।

    समग्रमा, सायपत्री हाइड्रोपावरले स्थिर आम्दानी गर्न सकिरहेको भए पनि उच्च कर्जा व्याज खर्च र संचित घाटाले कम्पनीको नाफामा दबाब बढाइरहेको छ। लगानीकर्ताले कम्पनीको उच्च P/E अनुपात लाई ध्यानपूर्वक विश्लेषण गर्नुपर्ने देखिन्छ।

    Sayapatri Hydropower Limited has published its unaudited financial results for the fourth quarter ending on 32nd Ashadh, 2082 (FY 2081/82). The company reported a significant decline in profit compared to the same quarter of the previous fiscal year.

    During this quarter, the company posted a net profit of Rs. 5.77 million, a sharp decline of nearly 48% compared to Rs. 11.06 million in the previous quarter, and a steep fall from Rs. 15.80 million in the corresponding period last year.

    The decline in profit is mainly attributed to rising finance costs, which increased to Rs. 38.32 million this quarter, up from Rs. 29.64 million in the previous quarter. Similarly, administrative and repair expenses also added pressure to the earnings.

    The company generated a total operating income of Rs. 58 million, slightly higher than the previous year’s Rs. 52.77 million. However, heavy interest expenses and depreciation reduced the overall profitability.

    In terms of shareholder returns, the company’s Earnings Per Share (EPS) dropped to Rs. 1.93, down from Rs. 3.69 in the previous quarter and Rs. 5.27 in the same period last year. The Net Worth per Share stands at Rs. 92.78, while the market price per share is Rs. 154, pushing the P/E ratio to 79.8 – indicating the stock is trading at a very high valuation relative to its earnings.

    On the balance sheet side, Sayapatri Hydropower holds total assets of Rs. 503.41 million, while total equity is recorded at Rs. 278.33 million. The company’s retained earnings remain negative at Rs. -21.66 million, reflecting accumulated past losses despite recent profits.

    Cash flow from operating activities turned negative at Rs. -9.08 million, indicating liquidity stress, while financing cash outflows due to interest payments further squeezed cash positions. Consequently, cash & cash equivalents dropped to Rs. 2.95 million, down from Rs. 8.58 million in the previous quarter.

    Overall, Sayapatri Hydropower is struggling with high debt servicing costs, which continue to weigh on its profitability despite steady revenue generation. Investors are likely to remain cautious as the company’s P/E ratio suggests the share is expensive compared to its earnings capacity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026