
सेबोनको स्वीकृति: प्राइम बैंकले ल्याउँदै ३ अर्बको डिबेन्चर, वार्षिक ६.२५ प्रतिशत ब्याजSEBON Approves Prime Commercial Bank's Rs. 3 Billion Debenture at 6.25 Percent Annual Interest
नेपाल धितोपत्र बोर्डले प्राइम कमर्सियल बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। बोर्डको स्वीकृतिसँगै बैंकले 'प्राइम बैंक डिबेन्चर २०९३' बजारमा ल्याउने बाटो खुलेको छ।
प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्र निष्कासन गरिनेछ। यसमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री हुनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन हुनेछ।
यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ र लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा प्रतिफल पाउनेछन्। ऋणपत्रबाट संकलित रकम दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापन, कर्जा विस्तार र अन्य बैंकिङ गतिविधिमा उपयोग गरिने बैंकले जनाएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
Nepal Securities Board has granted approval to Prime Commercial Bank to issue debentures worth Rs. 3 billion. With the regulatory clearance in place, the bank is now set to bring "Prime Bank Debenture 2093" to the market.
A total of 3 million units will be issued at a face value of Rs. 1,000 per unit. Of these, 1.8 million units will be sold through private placement while the remaining 1.2 million units will be offered to the general public through a public issue.
The debenture carries a tenure of 10 years and will offer investors an annual return of 6.25 percent. The bank has stated that funds raised through the debenture will be channeled toward long-term financial resource management, loan expansion, and other banking activities. Sanima Capital Limited has been appointed as the issue and sales manager for the debenture.



