NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. SEBON Chairperson Appointment Nears Final Stage, Kshetri and Bhatt Seen as Strong Contende...
    सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदार
    Investor
    2 min read
    Updated on May 24, 2026
    NEPSE TRADING

    सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदारSEBON Chairperson Appointment Nears Final Stage, Kshetri and Bhatt Seen as Strong Contenders

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। अध्यक्ष पदका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा परेका चार जना उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण तथा छलफल सम्पन्न गरेसँगै नियुक्ति प्रक्रिया निर्णायक मोडमा पुगेको हो।

    समितिले बिहीबार चारै जना उम्मेदवारलाई आफ्नो कार्ययोजना तथा भावी रणनीति प्रस्तुत गर्न बोलाएको थियो। दिउँसो १ बजेदेखि सुरु भएको छलफल करिब डेढ घण्टा चलेको स्रोतले जनाएको छ। छलफलका क्रममा उम्मेदवारहरूले पूँजी बजार सुधार, लगानीकर्ता संरक्षण, नियामकीय क्षमता अभिवृद्धि तथा सेबोनको संस्थागत सुदृढीकरणका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

    स्रोतका अनुसार पूर्व कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट अध्यक्ष नियुक्तिको प्रतिस्पर्धामा बलिया दाबेदारका रूपमा देखिएका छन्। विशेषगरी डा. भट्टको उम्मेदवारीपछि स्वार्थ बाझिने अवस्था आएको भन्दै अध्यक्ष छनोट समितिका सदस्य गुणाकर भट्टले राजीनामा दिएको विषय पनि बजारमा चर्चाको केन्द्र बनेको छ।

    यसअघि सेबोन अध्यक्ष नियुक्ति प्रक्रियामा ‘अन्तर्वार्ता’ शब्द प्रयोग हुँदै आएको भए पनि यसपटक भने ‘छलफल’ शब्दावली प्रयोग गरिएको छ। नयाँ सरकार गठनपछि नियुक्ति प्रक्रियामा भाषागत परिवर्तन गरिएको विषयलाई समेत अर्थपूर्ण रूपमा हेरिएको छ।

    अध्यक्ष पदका लागि परेको ४७ आवेदनमध्येबाट चार जना अन्तिम प्रतिस्पर्धामा छनोट भएका हुन्। छनोट सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन्। डा. अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने विनयदेव आचार्य हाल बहालवाला कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। त्यस्तै क्षेत्री र भट्ट दुवै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।

    कानुनी व्यवस्थाअनुसार सिफारिस समितिले अन्तिम मूल्यांकनपछि उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ। स्रोतका अनुसार मूल्यांकन प्रक्रिया अन्तिम चरणमा पुगेकाले समितिले भोलिसम्म तीन जनाको नाम सरकारलाई पठाउने सम्भावना रहेको छ। त्यसपछि मन्त्रिपरिषद्ले सिफारिस गरिएका उम्मेदवारमध्ये एक जनालाई नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षमा नियुक्त गर्नेछ।

    The appointment process for the new chairperson of the Securities Board of Nepal (SEBON) has entered its final stage, with the recommendation committee completing presentations and discussions with the four shortlisted candidates.

    The committee had invited all four candidates on Thursday to present their business plans and future strategies for the capital market regulator. According to sources, the discussion process began at around 1 PM and continued for nearly one and a half hours.

    During the presentations, the candidates shared their visions regarding capital market reform, investor protection, strengthening regulatory capacity, and improving the institutional effectiveness of SEBON. The process is being closely watched by investors and market stakeholders, as the new leadership is expected to play a key role in restoring confidence and introducing reforms in Nepal’s stock market.

    Sources say former executive directors Mukunda Kumar Kshetri and Dr. Gopal Bhatt are currently viewed as the strongest contenders for the position. Dr. Bhatt’s candidacy has also drawn attention in the market after reports surfaced that recommendation committee member Gunakar Bhatt resigned citing a possible conflict of interest following Dr. Bhatt’s application.

    Unlike previous SEBON chairperson selection processes, where the term “interview” was commonly used, this time the government has used the term “discussion” during the evaluation stage. The change in terminology following the formation of the new government has also become a subject of discussion among market observers.

    Out of 47 applicants, four candidates were shortlisted for the final phase. The shortlisted candidates include Dr. Nawaraj Adhikari, Binay Dev Acharya, Mukunda Kumar Kshetri, and Dr. Gopal Bhatt. Dr. Adhikari is a former executive director of SEBON, while Acharya is currently serving as an executive director at the board. Similarly, both Kshetri and Bhatt are former executive directors of the Nepal Rastra Bank.

    As per legal provisions, the recommendation committee must submit the names of the top three candidates to the Council of Ministers after the final evaluation. Sources indicate that the committee is likely to forward the recommended names to the government by tomorrow. The Cabinet will then appoint one among the recommended candidates as the new chairperson of SEBON.

    Trending News

    • Trending15 Jun, 2026

      कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता

      Read news
    • Trending15 Jun, 2026

      सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार

      Read news
    • Trending15 Jun, 2026

      मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा

      Read news

    Related News

  • कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता
    Investor

    2 min read

    कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार
    Investor

    5 min read

    सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा
    Investor

    5 min read

    मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • अमेरिका–इरान युद्धको अन्त्य: रगत र बारुदपछि आयो शान्तिको खबर
    Top

    4 min read

    अमेरिका–इरान युद्धको अन्त्य: रगत र बारुदपछि आयो शान्तिको खबर

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026