काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंकमा खाता रहेका तर इच्छाएको व्यक्ति (नोमिनी) नतोकी मृत्यु भएका तीन जना ग्राहकको खातामा रहेको रकम दाबी गर्दै उनीहरूका परिवारबाट निवेदन परेको छ। मृतकका छोराहरूले मृत्यु दर्तासहित आवश्यक कागजात पेस गर्दै निक्षेप रकम माग गरेपछि बैंकले उक्त रकममा अन्य कसैको हकदावी लाग्ने भए सप्रमाण उपस्थित हुन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ (२) को व्यवस्थालाई टेकेर बैंकले सरोकारवालालाई तोकिएको म्यादभित्र सम्पर्क गर्न आग्रह गरेको हो। तोकिएको ३५ दिनभित्र अन्य कुनै व्यक्तिको दाबी नआएको खण्डमा हाल निवेदन दिएका छोराहरूलाई नै सम्बन्धित खाताको रकम भुक्तानी गरिने बैंकको केन्द्रीय कार्यालयले प्रस्ट पारेको छ।
बैंकका अनुसार गोरखाको छेवेटार शाखामा खाता रहेकी सीता देवी गिरी, कैलालीको धनगढी शाखामा खाता रहेका शम्भु सिंह र अछामको साँफेबगर शाखामा खाता रहेकी धनी थापाको मृत्यु भएपछि उनीहरूका छोराहरू (क्रमशः सुनिल गिरी, प्रशान्त सिंह र अमर सिंह थापा) ले उक्त रकममा दाबी पेस गरेका हुन्।
KATHMANDU — Shangri-la Development Bank has received applications from family members claiming the deposits of three deceased account holders who passed away without designating a nominee. After the sons of the deceased submitted death certificates and other necessary documents to claim the funds, the bank issued a 35-day public notice requiring anyone else with a rightful claim to come forward with supporting evidence.
Relying on Section 111 (2) of the Bank and Financial Institutions Act, 2073, the bank has urged concerned stakeholders to make contact within the stipulated timeframe. The bank's central office clarified that if no alternative claims are filed within 35 days, the deposit amounts will be disbursed to the sons who have currently applied.
According to the bank, the claims were filed by Sunil Giri, Prashant Singh, and Amar Singh Thapa following the deaths of their respective parents: Sita Devi Giri (Chhewetar branch, Gorkha), Shambhu Singh (Dhangadhi branch, Kailali), and Dhani Thapa (Sanfebagar branch, Achham).