सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले बोनस सेयर र नगद लाभांशको प्रस्ताव अनुमोदन गर्नुका साथै आगामी चार वर्षका लागि नयाँ सञ्चालक समितिसमेत चयन गरेको छ ।
पारित प्रस्तावअनुसार बैंकको हाल कायम चुक्ता पूँजीको ६.५२६३ प्रतिशत (२४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ) करसहितको नगद लाभांश र ४ प्रतिशत (१४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ) बोनस सेयर वितरण गरिनेछ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ पुग्नेछ ।
यसैबीच, सभाले ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । जसअन्तर्गत संस्थापक सेयरधनी समूहबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा तथा सर्वसाधारण समूहबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल चयन भएका छन् । साधारणसभालगत्तै बसेको सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सर्वसम्मत रूपमा बैंकको अध्यक्ष चुनेको छ ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा उपयुक्त संस्थासँग मर्जर वा प्राप्ति (एक्विजिशन) मा जाने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । बैंकले हाल देशभर १०९ शाखा र ३० वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Shangri-la Development Bank Limited concluded its 22nd Annual General Meeting (AGM), officially approving a 10.5263 percent total dividend for its shareholders. Alongside the dividend endorsement, the assembly elected a new six-member Board of Directors to serve a four-year tenure.
According to the approved proposal, the bank will distribute a 6.5263 percent cash dividend (inclusive of taxes) amounting to Rs. 243.69 million, paired with a 4 percent bonus share worth Rs. 149.36 million. Following the capitalization of the bonus shares, the bank's total paid-up capital will increase to Rs. 3.88 billion.
During the assembly, Ujjwal Satyal, Sushilkaji Baniya, and Shyam Kumar Sharma were elected unopposed from the promoter shareholders' group. Similarly, Vishnu Prasad Dhakal, Krishna Prasad Regmi, and Bhawana Agarwal were elected representing the general public. A board meeting held immediately after the AGM unanimously appointed Ujjwal Satyal as the new Chairman of the bank.
Furthermore, the AGM passed the financial statements for the fiscal year 2082/83, appointed an auditor, and granted the board full authority to proceed with necessary amendments and potential merger or acquisition processes. The bank currently provides its services through a network of 109 branches and 30 ATMs across the country.