काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ । जेठ १४ गते बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य पनि २१५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा डलर विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा लगातार बढिरहेको सुनको मूल्य आज भने उल्लेख्य रूपमा घटेसँगै बजारमा कारोबार चहलपहल बढ्ने अपेक्षा गरिएको छ।





