
सिद्धार्थ बैंकले ल्यायो ‘महिला समृद्धि कर्जा’, महिला उद्यमीलाई ५० लाखसम्म ऋण सुविधाSiddhartha Bank Launches ‘Mahila Samriddhi Loan’ to Support Women Entrepreneurs
काठमाडौं — महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सिद्धार्थ बैंक लिमिटेडले नयाँ कर्जा योजना ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सार्वजनिक गरेको छ। बैंकले महिला उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्दै व्यवसाय विस्तारमा सहयोग पुर्याउने लक्ष्यसहित यो योजना ल्याएको जनाएको छ।
यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीहरूले व्यवसायको आवश्यकता र धितोको अवस्थाअनुसार विभिन्न सीमासम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार बिना धितो १५ लाख रुपैयाँसम्म, आंशिक धितोमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोमा ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइनेछ।
कर्जा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणालीसमेत विकास गरेको जनाएको छ। यो प्रणालीले केवल धितोलाई मात्र आधार नबनाई व्यवसायको अवस्था, सञ्चालन अनुभव, वित्तीय क्षमता, नगद प्रवाह र उद्यमीको व्यवस्थापन क्षमतालाई समेत मूल्यांकन गर्नेछ।
परम्परागत बैंकिङ प्रणालीमा पर्याप्त धितो नभएका कारण धेरै उद्यमी वित्तीय पहुँचबाट बाहिर रहने गरेका छन्। नयाँ कर्जा योजनाले व्यवसायको सम्भावना र उद्यमीको क्षमतालाई प्राथमिकतामा राखेर यस्तो समस्या घटाउने उद्देश्य राखेको बैंकले जनाएको छ।
सिद्धार्थ बैंकका अनुसार महिला उद्यमशीलताको विकासले रोजगारी सिर्जना, स्थानीय उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ मार्फत सक्षम महिला उद्यमीलाई आवश्यक पूँजी उपलब्ध गराई उनीहरूको व्यवसायिक यात्रामा सहयोग पुर्याउने बैंकको लक्ष्य रहेको छ।
Kathmandu — Siddhartha Bank Limited has introduced a new lending scheme, ‘Siddhartha Mahila Samriddhi Loan’, aimed at promoting micro, small, and medium enterprises (MSMEs) operated by women entrepreneurs. The bank stated that the initiative is designed to improve women’s access to finance and make business expansion easier.
Under the new loan scheme, women entrepreneurs can receive financing based on their business needs and collateral availability. According to the bank, borrowers can obtain loans of up to Rs 1.5 million without collateral, up to Rs 2.5 million against partial collateral, and up to Rs 5 million with full collateral security.
To make the lending process more efficient and assessment-based, Siddhartha Bank has developed a special scorecard evaluation system with technical support from the International Finance Corporation (IFC). The system will assess not only collateral but also factors such as business performance, operational experience, financial condition, cash flow, and the entrepreneur’s management capability.
Traditionally, lack of sufficient collateral has been one of the major barriers preventing many small entrepreneurs from accessing formal financial services. Through this new approach, the bank aims to prioritize business potential and repayment capacity rather than relying solely on physical assets.
Siddhartha Bank believes that strengthening women-led enterprises can contribute to job creation, local economic growth, and increased participation of women in entrepreneurship.
The bank said the ‘Siddhartha Mahila Samriddhi Loan’ is part of its broader effort to expand inclusive banking services and support capable women entrepreneurs in turning their business plans into sustainable ventures.



