·
स्नो रिभर्स लिमिटेडको आईपीओ निष्काशन: चैत ९ देखि आवेदन सुरु
Author
NEPSE TRADING

स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ। यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिने छ। कम्पनीले ९३ करोड ७५ लाख रुपैयाँको पूँजीको २० प्रतिशत, अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ।आयोजना प्रभावित क्षेत्रका बासिन्दा, विशेष गरी ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाका वडाहरू र अन्य प्रभावित स्थानहरूका स्थानीय बासिन्दाहरुलाई ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर दिइने छ। यसका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता शेयर छुट्याइएको छ।शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ र न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ। स्थानीय बासिन्दाहरूले अधिकतम १०,००० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरू अधिकतम १,००० कित्ताका लागि आवेदन दिन सक्नेछन्।कम्पनीलाई इक्रा नेपालबाट डबल बी प्लस रेटिङ्ग प्राप्त भएको छ, जुन यसको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यसका साथै, कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना को कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ।शेयर निष्काशन र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले आवेदन दिनका लागि सानिमा क्यापिटल, नेपाल बैंक, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकबाट फाराम प्राप्त गर्न सक्नेछन्।



