काठमाडौं — स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई औपचारिक रूपमा प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार थालनी गरेको छ। काठमाडौंमा आयोजित एक विशेष समारोहबीच स्वरोजगारका अध्यक्ष ज्ञानप्रसाद पाण्डे र विन नेपालका कार्यवाहक अध्यक्ष कुमारराज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्। यससँगै अब विन नेपालका सम्पूर्ण वित्तीय कारोबारहरू 'स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड' कै नामबाट सञ्चालन हुनेछन्।
यस एक्विजिसनसँगै संस्थाको पुँजीगत तथा संरचनागत दायरा थप फराकिलो र बलियो बनेको छ। एकीकरणअघि स्वरोजगारको करिब ६९ करोड ५६ लाख र विन नेपालको ८ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेकोमा अब संस्थाको कुल चुक्ता पुँजी करिब ७७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, एकीकृत कारोबारपछि संस्थाको कुल निक्षेप संकलन करिब ५ अर्ब ५८ करोड र कर्जा लगानी ११ अर्ब ७१ करोड रुपैयाँ पुगेको तथ्यांक छ।
दुई संस्था एक भएसँगै अब देशभर स्वरोजगार लघुवित्तका शाखाहरूको संख्या ११२ पुगेको छ भने १ लाख ३२ हजारभन्दा बढी सक्रिय सदस्यहरू यसमा आबद्ध भएका छन्। हाल संस्थामा ६१९ जना कर्मचारी कार्यरत छन्। लघुवित्त क्षेत्रमा देखिएको बढ्दो प्रतिस्पर्धालाई चिर्दै आफ्नो पुँजीगत आधार मजबुत बनाउन तथा ग्रामीण र विपन्न वर्गसम्म पहुँचयोग्य, गुणस्तरीय र प्रभावकारी वित्तीय सेवा पुर्याउन यो कदमले महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाले विश्वास लिएको छ।
Kathmandu — Swarojgar Laghubitta Bittiya Sanstha Limited has officially commenced joint operations following its successful acquisition of WIN Nepal Laghubitta Bittiya Sanstha. The integrated business was jointly inaugurated by Gyan Prasad Pandey, Chairman of Swarojgar Laghubitta, and Kumar Raj Joshi, Acting Chairman of WIN Nepal, during a special ceremony held in Kathmandu. With this acquisition, all financial services previously provided by WIN Nepal will now operate exclusively under the name of Swarojgar Laghubitta.
This merger has significantly broadened and strengthened the institution's structural and capital base. Prior to the acquisition, Swarojgar’s paid-up capital stood at approximately Rs 695.6 million, while WIN Nepal’s was Rs 84.3 million. The combined entity now boasts a total paid-up capital of around Rs 779.9 million. Furthermore, following the integration, the institution's total deposit collection has reached approximately Rs 5.58 billion, alongside total loan investments of Rs 11.71 billion.
With the unification of the two institutions, Swarojgar Laghubitta's network has expanded to 112 branches nationwide, serving a growing base of over 132,000 active members. The institution currently employs a workforce of 619 personnel. Amidst rising competition in the microfinance sector, the company remains confident that this strategic consolidation will reinforce its financial foundation and facilitate the delivery of accessible, high-quality, and effective financial services to rural and marginalized communities.