स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट शुक्रवार बिहान १० बजे एनएमबि क्यापिटल, बालुवाटारमा हुने भएको छ। मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेकाले गोला प्रथाबाट बाँडफाँट हुनेछ। १८ लाख ८२ हजार ४२२ जनाले आवेदन दिए पनि १९ हजार ५७७ जनाले मात्र सेयर पाउनेछन्। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको एफपीओ जारी गरेको थियो।
यो एफपीओको उद्देश्य सर्वसाधारणको पुँजी ३० प्रतिशत पुर्याउनु हो। इक्रा नेपालले ‘डबल बी माइनस’ रेटिङ दिएको छ, जुन २०८२ साउन १३ सम्म मान्य रहनेछ।





