
डिजिटल बैंकिङलाई सस्तो र सुरक्षित बनाउन राष्ट्र बैंकको ५ वर्षे ‘फिनटेक रणनीति’Nepal Rastra Bank Unveils 5-Year 'Fintech Strategy' for Cheaper, Safer Digital Banking
नयाँ प्रविधिको प्रयोगसँगै थपिने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले आफ्नो नियमन तथा सुपरिवेक्षण क्षमतालाई पनि आधुनिक बनाउने घोषणा गरेको छ। नवीन वित्तीय उत्पादनहरू (डिजिटल ऋण, नयाँ भुक्तानी विकल्प आदि) को विकासमा जोड दिइएको यो रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएमा नेपालको समग्र भुक्तानी प्रणाली थप समावेशी, सस्तो र जोखिमप्रतिरोधी बन्ने अपेक्षा गरिएको छ।To tackle the security challenges posed by emerging technologies, the central bank has committed to modernizing its own regulatory and supervisory mechanisms. With a strong focus on facilitating innovative financial products—such as digital lending and new payment alternatives—the successful execution of this strategy is expected to make Nepal's broader digital payment ecosystem more inclusive, affordable, and resilient to risks.



