
मेरो किसान लिमिटेडले आईपीओ ल्याउने तयारी, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्तMero Kisan Limited to Launch IPO, Appoints Prabhu Capital as Issue Manager
मेरो किसान लिमिटेडले आईपीओ ल्याउने तयारी, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त काठमाडौं — कृषि क्षेत्रमा आधारित कम्पनी मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। यस सम्बन्धमा चैत २ गते काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार प्रभु क्यापिटलले कम्पनीको आईपीओ निष्काशन तथा व्यवस्थापनको जिम्मेवारी लिनेछ।Mero Kisan Limited to Launch IPO, Appoints Prabhu Capital as Issue Manager Kathmandu — Mero Kisan Limited has initiated the process to issue an Initial Public Offering (IPO), appointing Prabhu Capital Limited as its issue and sales manager. The agreement between the two parties was formally signed on Chaitra 2 at Prabhu Capital’s office in Kamaladi, Kathmandu. Under the agreement, Prabhu Capital will manage the entire IPO issuance process, marking a key step for the company to enter Nepal’s capital market and connect with public investors.


















