
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ११० अर्ब रुपैयाँ निक्षेप संकलनNepal Rastra Bank to Absorb Rs 110 Billion Through Deposit Collection to Manage Excess Liquidity
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ११० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। आज फागुन १७ गते दिउँसो ३ बजे हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ८७ दिने अवधिको उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गरिनेछ।Nepal Rastra Bank will withdraw Rs 110 billion from the banking system through a deposit collection instrument to manage excess liquidity. The bidding will take place at 3 PM today, allowing participation only from Class A, B, and C financial institutions. The 87-day instrument will mature with principal and interest payments on Jestha 13, 2083.


















