
भोटेकोशी बाढी : निजी क्षेत्रमा पुगेको क्षति र अर्थतन्त्रमा पर्ने प्रभावबारे महासंघ र विश्व बैंकबीच छलफलFNCCI and World Bank Discuss Private Sector Damages and Economic Impacts of Bhote Koshi Floods
उक्त भेटका अवसरमा ‘नेपाल विकास अपडेट–२०२६’ का विषयमा पनि छलफल भएको छ। विश्व बैंकका प्रतिनिधिले निजी क्षेत्रको अनुभव र प्रत्यक्ष तथ्यांक उक्त अपडेटका लागि महत्त्वपूर्ण हुने बताएका थिए भने अध्यक्ष श्रेष्ठले भौतिक क्षतिको सट्टा उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी र निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको प्रभावलाई समेत समेट्न आग्रह गरेका छन्।The meeting also touched upon the 'Nepal Development Update-2026'. While World Bank representatives noted that private-sector insights and primary data are crucial for the update, President Shrestha urged that the report also evaluate impacts on production, employment, income, trade, investment, and business confidence.


