
बैंकिङ क्षेत्रमा अधिक तरलता : सस्तो ब्याजदरमै आन्तरिक ऋण उठाउँदै सरकारExcess Liquidity in the Banking Sector: Government Raises Domestic Debt at Cheaper Interest Rates
सरकारले चालु आर्थिक वर्षमा कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ, जसअन्तर्गत भदौ २४ गते थप १० अर्बको 'विकास ऋणपत्र–२०८८' निष्कासन हुँदैछ। बजेट घाटा पूर्ति गर्न आन्तरिक ऋणलाई प्रमुख स्रोत बनाउँदै गएको सरकारको कुल सार्वजनिक ऋण भने २९ खर्ब ७६ अर्ब ३३ करोड (कुल गार्हस्थ्य उत्पादनको ४५.१० प्रतिशत) पुगिसकेको छ। एकातिर राजस्व संकलन सुस्त हुनु र अर्कोतिर सार्वजनिक ऋण दायित्व ३० खर्ब नजिक पुग्नुले आगामी दिनमा सरकारलाई ऋणको साँवा–ब्याज भुक्तानी व्यवस्थापन चुनौतीपूर्ण बन्ने सरोकारवालाहरूले औँल्याएका छन्।The government aims to raise a total of Rs 410 billion in domestic debt this fiscal year, including an issuance of Rs 10 billion through 'Development Bond-2088' on Bhadra 24. While the government increasingly relies on domestic borrowing to bridge the budget deficit, the country's total public debt has already reached Rs 2.97 trillion (45.10% of the GDP). Stakeholders warn that with sluggish revenue collection and public debt obligations nearing the Rs 3 trillion mark, managing principal and interest repayments will become a major challenge for the government in the coming days.





