
शिक्षित युवा स्वरोजगार कर्जा : ३६ लाख रुपैयाँ वितरण, ७५ जना युवाहरूले लिए कर्जा Educated Youth Self-Employment Loan: Low Impact Despite Policy Push, 32% of Loans Still Unrecovered
२०८२ बैशाखसम्म शिक्षित युवा स्वरोजगार कर्जामा ३६ लाख रुपैयाँभन्दा बढी वितरण, ३० प्रतिशतभन्दा बढी अझै फिर्ता आउन बाँकी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको बैशाख मसान्तसम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले शिक्षित युवा स्वरोजगार कर्जा योजना अन्तर्गत कुल ३६ लाख २२ हजार रुपैयाँ (रु ३६,२२३ हजार) कर्जा स्वीकृत गरेका छन्। यस योजनामा हालसम्म ७५ जना शिक्षित बेरोजगार युवाहरूले कर्जा लिएका छन्। योजना विशेषगरी स्वरोजगार तथा साना उद्यम स्थापना गर्न चाहने युवालाई लक्षित गरी ल्याइएको हो। यस योजनाअन्तर्गत ‘क’ वर्गका बैंकहरू अग्रणी देखिएका छन्, जसले ६६ जना युवालाई ३० लाख ३२ हजार रुपैयाँ कर्जा उपलब्ध गराएका छन्। सो मध्ये १० लाख ५९ हजार रुपैयाँ फिर्ता आउन बाँकी छ। यस्तै, ‘ख’ वर्गका बैंकहरूले ९ जनालाई ५ लाख ९० हजार रुपैयाँ कर्जा दिएका छन्, जसमा ९७४ हजार रुपैयाँ बाँकी रहेको छ। ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाले यो योजनामा कुनै सहभागिता जनाएका छैनन्।Educated Youth Self-Employment Loan: Low Impact Despite Policy Push, 32% of Loans Still Unrecovered Launched to steer educated but unemployed youths toward self-employment, the government's Educated Youth Self-Employment Loan program remains confined to a limited scale even after years of implementation. As per the latest data released by Nepal Rastra Bank, only 75 individuals have received loans under the scheme as of the end of Baisakh 2082, with a total disbursement of just NPR 36.22 million.


















