NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Trending News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 32 / 185Next
    • सानिमा जिआईसी इन्स्योरेन्सले शेयरधनीका लागि बोनस शेयर र नगद लाभांश घोषणा
      Top

      सानिमा जिआईसी इन्स्योरेन्सले शेयरधनीका लागि बोनस शेयर र नगद लाभांश घोषणाSanima GIC Announces 5% Bonus Share and Cash Dividend for Shareholders

      Sanima GIC Insurance Limited ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश Nepal Insurance Authority बाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।Sanima GIC Insurance Limited has announced a 5% bonus share and 0.2632% cash dividend for tax purposes for its shareholders from last fiscal year’s profit. The dividend will be distributed after approval from the Nepal Insurance Authority and endorsement by the company’s upcoming Annual General Meeting (AGM).

      NEPSETRADING ·15 Mar, 2026·<1 min read
    • चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्यो
      Top

      चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्योCommercial Banks’ Average Interest Rate Declines in Chaitra

      वाणिज्य बैंकहरूले चैत २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन महिनामा ४.५६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा घटेर ४.४९ प्रतिशतमा पुगेको छ, जुन ०.०७ प्रतिशत बिन्दुले कमी हो। २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ।Commercial banks in Nepal have published new interest rates for Chaitra 2082. The maximum average interest rate on individual fixed deposits has decreased from 4.56 percent in Falgun to 4.49 percent in Chaitra, a decline of 0.07 percentage points. Among the 20 commercial banks, six banks have reduced their interest rates while 14 banks have maintained the previous month’s rate. Nepal Bank has reduced the interest rate the most.

      NEPSETRADING ·15 Mar, 2026·1 min read
    • बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला
      Top

      बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुलाBeni Hydropower Project Limited Opens IPO Today

      बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमध्ये १० लाख ४० हजार कित्ता स्थानीय बासिन्दाका लागि र १ लाख ४ हजार कित्ता विदेशमा काम गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको अनुमानित लागत करिब ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यस आईपीओको बिक्री प्रबन्धक NMB Capital Limited रहेको छ।Beni Hydropower Project Limited has opened its IPO from Chaitra 1 for residents of the project-affected areas and Nepali citizens working abroad. The company has approval to issue 2.08 million shares, of which 1.04 million shares are allocated to local residents and 104,000 shares are reserved for Nepalis working abroad. Investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The company is developing the 19.8 MW Upper Solukhola Hydropower Project with an estimated cost of around NPR 3.85 billion. The IPO issue manager is NMB Capital Limited.

      NEPSETRADING ·15 Mar, 2026·1 min read
    • बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्दै, जोखिम बढ्ने चिन्ता
      Top

      बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्दै, जोखिम बढ्ने चिन्ताRising Non-Banking Assets and Loan Write-Offs Raise Concerns in Nepal’s Banking Sector

      काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा गैर–बैंकिङ सम्पत्ति (एनबीए) तथा कर्जा अपलेखन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल गैर–बैंकिङ सम्पत्ति ५१ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन चालु आवको सात महिनामा करिब ६५ करोडले बढेको हो। यसै अवधिमा कर्जा अपलेखन पनि बढेर कुल ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अर्थतन्त्र सुस्त हुँदा ऋणीहरूले कर्जा तिर्न नसक्ने अवस्था बढेपछि बैंकहरूले धितो सकार गर्ने तथा कर्जा अपलेखन गर्ने प्रक्रिया तीव्र बनाएका छन्। गैर–बैंकिङ सम्पत्ति बढ्दा बैंकहरूको नाफा र लाभांशमा समेत प्रभाव पर्ने देखिएको छ। समस्या समाधानका लागि सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) स्थापना गर्ने तयारी अघि बढाएको छ।Kathmandu – Non-banking assets (NBA) and loan write-offs in Nepal’s banks and financial institutions have been increasing due to the slowdown in economic activities. According to Nepal Rastra Bank, the total non-banking assets of banks and financial institutions reached NPR 51.20 billion by mid-February of the current fiscal year. During the first seven months of the fiscal year, these assets increased by around NPR 650 million, while total loan write-offs rose to NPR 9.86 billion. The slowdown in the economy has reduced borrowers’ repayment capacity, forcing banks to acquire collateral and write off more bad loans. Rising non-banking assets may also affect banks’ profitability and shareholder dividends. To address the issue, the government is preparing to establish an Asset Management Company (AMC) to help manage non-performing loans and distressed assets.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • युद्धको प्रभाव कम गर्न अमेरिकाले ट्रान्जिटमा रहेको रुसी तेल खरिद गर्न अस्थायी अनुमति
      Top

      युद्धको प्रभाव कम गर्न अमेरिकाले ट्रान्जिटमा रहेको रुसी तेल खरिद गर्न अस्थायी अनुमतिU.S. Allows Temporary Purchase of Russian Oil in Transit to Stabilize Energy Markets

      मध्यपूर्वमा बढ्दो तनाव र इरानसँगको युद्धका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढेपछि अमेरिकाले समुद्रमा रहेका जहाजहरूमा लोड गरिएको प्रतिबन्धित रुसी तेल अन्य देशहरूले खरिद गर्न अस्थायी अनुमति दिएको छ। यो व्यवस्था अप्रिल ११ सम्म लागू हुनेछ र विश्व ऊर्जा आपूर्तिमा स्थिरता कायम गर्ने उद्देश्यले ल्याइएको हो। खाडी क्षेत्रमा जहाजमाथि आक्रमण र ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुने चेतावनीपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। ऊर्जा संकट कम गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले ४० करोड ब्यारेल तेल बजारमा पठाउने घोषणा गरेको छ भने केही एसियाली देशहरूले इन्धन बचत र मूल्य नियन्त्रणका उपायहरू अपनाएका छन्।Amid rising tensions in the Middle East and the Iran-related conflict, the United States has temporarily allowed countries to purchase sanctioned Russian oil that is already loaded on ships at sea. The measure, valid until April 11, aims to stabilize the global energy market. Oil prices surged above $100 per barrel after attacks on ships in the Gulf and threats to block the Strait of Hormuz. To ease supply pressure, the International Energy Agency plans to release 400 million barrels of oil, while several Asian countries have introduced fuel-saving and price control measures.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • सानिमा माई हाइड्रोपावरले लाभांश वितरण नगर्ने निर्णय, चैत २९ मा साधारण सभा
      Top

      सानिमा माई हाइड्रोपावरले लाभांश वितरण नगर्ने निर्णय, चैत २९ मा साधारण सभाSanima Mai Hydropower Decides Not to Distribute Dividend, AGM Scheduled for Chaitra 29

      सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो। साथै कम्पनीले चैत २९ गते साधारण सभा बोलाएको छ भने सभा प्रयोजनका लागि चैत १२ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार चैत ११ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागी हुन सक्नेछन्।Sanima Mai Hydropower Limited has decided not to distribute dividends to its shareholders from last fiscal year’s profit. The decision was made during the board meeting held on Falgun 28. The company has also announced its Annual General Meeting on Chaitra 29 and will close its book on Chaitra 12. Shareholders recorded until Chaitra 11 will be eligible to attend the meeting.

      NEPSE TRADING·13 Mar, 2026·<1 min read
    • राष्ट्र बैंकद्वारा सात महिनामा ३१५ खर्बभन्दा बढी तरलता प्रशोचन
      Top

      राष्ट्र बैंकद्वारा सात महिनामा ३१५ खर्बभन्दा बढी तरलता प्रशोचनNRB Absorbs Over NPR 315 Trillion Liquidity in Seven Months

      काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका उपकरणमार्फत ठूलो परिमाणमा तरलता प्रशोचन गरेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल ३१५ खर्ब ८६ अर्ब ८५ करोड रुपैयाँ बराबरको खुद तरलता बैंकिङ प्रणालीबाट प्रशोचन गरिएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढी हो। यस अवधिमा विदेशी विनिमय बजारबाट ३ अर्ब ९६ करोड अमेरिकी डलर खरिद गरी ५ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरिएको छ भने अन्तरबैंक कारोबारमा भने गिरावट देखिएको छ। राष्ट्र बैंकका तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबीच भएको अन्तरबैंक कारोबार अघिल्लो वर्षको तुलनामा घटेको छ। Kathmandu – Nepal Rastra Bank (NRB) has absorbed a large amount of liquidity from the banking system during the first seven months of the current fiscal year 2025/26 (FY 2082/83). According to the central bank, a net liquidity absorption of NPR 315.86 trillion was carried out through various monetary management instruments, significantly higher than in the same period last year. During the period, NRB also purchased USD 3.96 billion from the foreign exchange market, injecting over NPR 564 billion into the system. However, interbank transactions among banks and financial institutions declined compared to the previous year.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • नयाँ प्रणाली जडानका कारण राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुने
      Top

      नयाँ प्रणाली जडानका कारण राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुनेPassport Services to Be Temporarily Affected Due to Installation of New System

      काठमाडौं । राहदानी विभागले पुरानो प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने तयारी गरेको छ। यस क्रममा अन्तरिम अवधिमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म र विभागबाट प्रदान गरिने सेवा करिब एक सातासम्म प्रभावित हुन सक्ने जनाएको छ। नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने भएकाले राहदानी आवेदन र जारी प्रक्रियामा ढिलाइ हुन सक्ने विभागले जनाएको छ।Kathmandu: The Department of Passports has announced that it is preparing to replace the existing passport system with a new one. During the transition period, passport services from district and area administration offices and Nepali missions abroad may be closed for one to three days, while services at the department may be disrupted for about a week. The department also said the new system may take one to three months to become fully stable, which could cause delays in passport processing and issuance.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा २,८०० रुपैयाँले सस्तो
      Top

      सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा २,८०० रुपैयाँले सस्तोGold and Silver Prices Decline in Nepali Market, Gold Falls by Rs. 2,800 per Tola

      फागुन २९ गते शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी पनि प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।Gold and silver prices declined in the Nepali market on Friday, Falgun 29. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold fell by Rs. 2,800 per tola to Rs. 314,200. Similarly, silver also dropped by Rs. 20 per tola and is currently trading at Rs. 5,495 per tola.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला
      Top

      सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुलाSopan Pharmaceuticals to Launch IPO from Chaitra 9, Applications Open for Nepalis Working Abroad

      सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयरमध्ये ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ। साथै ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्।Sopan Pharmaceuticals Limited will open its Initial Public Offering (IPO) from Chaitra 9. Out of the total 4.29 million shares being issued, 429,000 shares have been allocated for Nepalis working abroad. The company has also reserved 5 percent of the shares for mutual funds and 4 percent for employees, while the remaining shares will be offered to the general public. Investors can apply for a minimum of 10 shares and a maximum of 11,000 shares, and Nepalis working abroad can submit their applications until Chaitra 12.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • क्लाउड एआईमा नयाँ फिचर: अब चार्ट र डायग्राममार्फत जटिल विषय बुझाउन सक्ने
      Investor

      क्लाउड एआईमा नयाँ फिचर: अब चार्ट र डायग्राममार्फत जटिल विषय बुझाउन सक्नेAnthropic Introduces New Feature in Claude AI to Explain Concepts Using Charts and Diagrams

      क्लाउड एआईमा नयाँ फिचर: अब चार्ट र डायग्राममार्फत जटिल विषय बुझाउन सक्ने कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकले आफ्नो एआई च्याटबोट क्लाउड (Claude) मा नयाँ फिचर थपेको छ, जसले अब प्रयोगकर्तालाई चार्ट र डायग्राम प्रयोग गरेर जटिल अवधारणाहरू सजिलै बुझाउन सक्ने बनाएको छ। कम्पनीले यो सुविधा हाल परीक्षण अर्थात् बीटा संस्करणका रूपमा सार्वजनिक गरेको जनाएको छ। नयाँ अपडेटसँगै क्लाउडले अब केवल टेक्स्टमा आधारित उत्तर मात्र नदिई आवश्यक परेमा भिजुअल सामग्री पनि देखाएर जानकारी दिन सक्नेछ। प्रयोगकर्ताले सिधै चार्ट वा चित्र बनाउन अनुरोध गर्न सक्छन्, वा क्लाउडले कुनै विषय स्पष्ट पार्न दृश्य सामग्री उपयोगी ठानेमा आफैं पनि चार्ट वा डायग्राम तयार पारेर देखाउन सक्छ।Anthropic Introduces New Feature in Claude AI to Explain Concepts Using Charts and Diagrams Artificial intelligence company Anthropic has introduced a new feature in its AI chatbot Claude, enabling it to explain complex concepts using charts and diagrams. The company said the feature is currently available in beta, meaning it is still in a testing phase. With the latest update, Claude can now provide answers not only through text but also by displaying visual elements when necessary. Users can directly request charts or diagrams, and Claude may also generate them automatically if it determines that visual content would help explain a topic more clearly.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • ग्लोबल आइएमई बैंकद्वारा गैरआवासीय तथा विदेशस्थित नेपालीका लागि विशेष बैंकिङ्ग विभाग स्थापना
      Investor

      ग्लोबल आइएमई बैंकद्वारा गैरआवासीय तथा विदेशस्थित नेपालीका लागि विशेष बैंकिङ्ग विभाग स्थापनाGlobal IME Bank Launches Nepal’s First Overseas Banking Division for Nepali Diaspora

      ग्लोबल आइएमई बैंकद्वारा गैरआवासीय तथा विदेशस्थित नेपालीका लागि विशेष बैंकिङ्ग विभाग स्थापना ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै नेपालकै पहिलो ‘नन–रेजिडेन्ट एन्ड ओभरसिज बैंकिङ्ग डिभिजन (NROBD)’ स्थापना गरेको छ। उक्त विभागको उद्घाटन बिहीबार काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन्।Global IME Bank Launches Nepal’s First Overseas Banking Division for Nepali Diaspora Global IME Bank has launched Nepal’s first Non-Resident and Overseas Banking Division (NROBD) aimed at providing specialized banking services to Nepali citizens living and working abroad. The new division was officially inaugurated on Thursday at the bank’s corporate office in Naxal, Kathmandu by Chandra Prasad Dhakal, Chairman of the bank and President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI).

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच आर्थिक सुधार र व्यवसायिक वातावरणबारे छलफल
      Investor

      अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच आर्थिक सुधार र व्यवसायिक वातावरणबारे छलफलFinance Minister Khanal Holds Talks with Private Sector on Economic Reforms

      अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच आर्थिक सुधार र व्यवसायिक वातावरणबारे छलफल अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रमुख व्यवसायिक संघ–संस्थाका प्रतिनिधिसँग समसामयिक आर्थिक विषयमा छलफल गरेका छन्। बिहीबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी सहभागी थिए। छलफलका क्रममा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन, राजस्व वृद्धि गर्न आवश्यक नीतिगत संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता विषय उठाइएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले बताए। निजी क्षेत्रले भ्याट प्रणालीलाई बहुदरमा लैजानुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयात करबीच अन्तर राख्नुपर्ने, उत्पादन तथा निर्यात प्रवर्द्धन गर्नुपर्ने र अन्तःशुल्क दर घटाउनुपर्ने माग पनि राखेको थियो।Finance Minister Khanal Holds Talks with Private Sector on Economic Reforms Finance Minister Rameshwar Prasad Khanal has held discussions with representatives of major private sector organizations on current economic issues. The meeting, held on Thursday, was attended by Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Kamlesh Kumar Agrawal, President of the Nepal Chamber of Commerce, Birendra Raj Pandey, President of the Confederation of Nepalese Industries, and Khemraj Bhandari, President of the Nepal Industry and Commerce Federation.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • महासंघको साधारणसभा मिति तय गर्न ५ चैतमा कार्यकारिणी बैठक
      Investor

      महासंघको साधारणसभा मिति तय गर्न ५ चैतमा कार्यकारिणी बैठकFNCCI to Hold Executive Meeting on March 18 to Set Dates for Central and Provincial General Assemblies

      महासंघको साधारणसभा मिति तय गर्न ५ चैतमा कार्यकारिणी बैठक निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले केन्द्रीय तथा प्रदेश महासंघको साधारणसभाको मिति तय गर्न ५ चैतमा कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको महासंघका पदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार सो बैठकबाट प्रदेश महासंघ र केन्द्रीय महासंघको साधारणसभाको मिति तय गरिनेछ।FNCCI to Hold Executive Meeting on March 18 to Set Dates for Central and Provincial General Assemblies The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), the largest umbrella organization representing Nepal’s private sector, has decided to convene an Executive Committee meeting on March 18 (Chaitra 5) to determine the schedule for its central and provincial general assemblies. The decision was made during a meeting of FNCCI office bearers held on Wednesday. According to FNCCI President Chandra Prasad Dhakal, the upcoming meeting will finalize the dates for both the provincial federation assemblies and the central general assembly.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमति
      Investor

      पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमतिNepal Allows Up to 10% Ethanol Blending in Petrol

      पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमति सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न अनुमति दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ नेपाल राजपत्रमा प्रकाशित गर्दै उक्त व्यवस्था लागू गरेको हो। सरकारको यो निर्णयलाई स्वदेशी स्रोतको प्रयोग बढाउने तथा पेट्रोलियम पदार्थको आयात घटाउने प्रयासका रूपमा हेरिएको छ।Nepal Allows Up to 10% Ethanol Blending in Petrol The Government of Nepal has allowed the blending of up to 10 percent ethanol in petrol for distribution in the domestic market. The Ministry of Industry, Commerce and Supplies published the “Order Relating to the Use of Ethanol Blended Petrol, 2082” in the Nepal Gazette, formally introducing the policy. The decision is expected to promote the use of domestic resources and reduce the country’s dependence on imported petroleum products.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • डब्ल्युटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
      Investor

      डब्ल्युटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयनNepal Elected Chair of WTO Committee on Trade and Environment

      डब्ल्युटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) अन्तर्गतको व्यापार तथा वातावरण समितिको अध्यक्षमा चयन भएको छ। संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार फागुन २७ गते बसेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा समितिको अध्यक्ष चयन गरेको हो। डब्ल्युटीओअन्तर्गतको यो समिति सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव तथा वातावरणीय नीतिले अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभाव सम्बन्धी विषयमा छलफल तथा समन्वय गर्ने महत्वपूर्ण मञ्च हो। यस समितिले विशेषगरी जलवायु परिवर्तन, दिगो विकास र वातावरणमैत्री व्यापार नीतिसम्बन्धी विषयमा सदस्य राष्ट्रहरूबीच सहकार्य बढाउने काम गर्दै आएको छ।Nepal Elected Chair of WTO Committee on Trade and Environment Nepal has been elected as the Chair of the World Trade Organization (WTO) Committee on Trade and Environment. According to Nepal’s Permanent Mission in Geneva to the United Nations and other international organizations, the WTO General Council meeting held on March 11 (Falgun 27) unanimously selected Nepal to lead the committee for a one-year term.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • सेबोन कर्मचारी युनियनको आन्दोलन पुनः सुरु, दैनिक धर्ना र पेन डाउन कार्यक्रम गर्ने निर्णय
      Investor

      सेबोन कर्मचारी युनियनको आन्दोलन पुनः सुरु, दैनिक धर्ना र पेन डाउन कार्यक्रम गर्ने निर्णयSEBON Employees’ Union to Resume Protest, Announces Daily Sit-in and Pen-Down Program

      सेबोन कर्मचारी युनियनको आन्दोलन पुनः सुरु, दैनिक धर्ना र पेन डाउन कार्यक्रम गर्ने निर्णय काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै आन्दोलनलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ। युनियनले आज एक विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले कर्मचारीका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै आगामी दिनमा आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको हो।SEBON Employees’ Union to Resume Protest, Announces Daily Sit-in and Pen-Down Program Kathmandu — The Employees’ Union of the Securities Board of Nepal (SEBON) has decided to resume its protest after stating that its demands have not been addressed. In a statement issued today, the union accused the board’s management of ignoring their demands and announced that protest programs will continue in the coming days.

      NEPSE TRADING·13 Mar, 2026·1 min read
    • इरानको ड्रोन र क्षेप्यास्त्र आक्रमणले खाडी क्षेत्रको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै तेलको मूल्य १०० डलर माथि
      Top

      इरानको ड्रोन र क्षेप्यास्त्र आक्रमणले खाडी क्षेत्रको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै तेलको मूल्य १०० डलर माथि Iran Escalates Tensions with Drone and Missile Attacks on Gulf Energy Infrastructure, Oil Prices Surge Above $100

      इरानको मिसाइल र ड्रोन आक्रमणले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित गर्दै मध्यपूर्वमा तनाव थप बढाएको छ, जसले कच्चा तेलको मूल्यलाई १०० डलर प्रति बैरल नाघ्न पुर्याएको छ। बिहीबार बिहान दुई तेल ट्याङ्करमा आक्रमणपछि इरानले युद्ध लामो समयसम्म चल्न सक्ने र विश्व अर्थतन्त्रलाई गम्भीर असर पुर्याउन सक्ने चेतावनी दिएको छ। यो युद्ध इरानले खाडीका छिमेकी देशहरू र इजरायलमाथि आक्रमण गरेर थप फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान पराजयको दिशामा रहेको बताएका छन्, तर युद्ध छिटो समाप्त नहुने चेतावनी दिएका छन्। इजरायली हवाई आक्रमणले लेबनानमा ६३० भन्दा बढी व्यक्तिको मृत्यु र ठूलो विस्थापन सिर्जना गरेको छ। खाडी क्षेत्रमा सुरक्षा स्थिति झनै बिग्रिएको छ र होर्मुज जलडमरूमध्य जस्ता महत्त्वपूर्ण समुद्री मार्गहरू जोखिममा छन्। वैश्विक तेल आपूर्ति पनि धम्कीमा रहेको छ। यो युद्धले मानवीय असर तीव्र पारेको छ, लेबनानमा व्यापक विनाश र प्रभावित क्षेत्रमा बढ्दो डरको स्थिति बनाएको छ। युद्धको आर्थिक असर गम्भीर छ, र अमेरिकाले हालसम्म ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च गरेको छ। Iran's missile and drone attacks on Gulf energy infrastructure and ships have escalated tensions in the Middle East, causing global oil prices to rise above $100 per barrel. Following attacks on two oil tankers on Thursday morning, Iran has warned that the war could last for a long time and severely impact the global economy. The conflict has expanded, with Iran targeting neighboring Gulf countries and Israel. Meanwhile, U.S. President Donald Trump stated that Iran is heading towards defeat, but warned the war will not end soon. The Israeli airstrikes have caused over 630 deaths and many displacements in Lebanon. The security situation in the Gulf has worsened, and critical shipping routes, including the Strait of Hormuz, are at risk. The global oil supply is also under threat. As the war continues, the human toll is increasing, with widespread destruction in Lebanon and escalating fears in the affected areas. The economic impact is significant, with the U.S. already spending over $11 billion.

      NEPSE TRADING·12 Mar, 2026·2 min read
    • रघुगंगा, म्याग्दीमा माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
      Top

      रघुगंगा, म्याग्दीमा माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्नUpper Thulokhola Hydroelectric Project Completed in Raghu Ganga, Myagdi

      रघुगंगा गाउँपालिका-७, म्याग्दीमा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। ठूलोखोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको यो आयोजना भौतिक संरचना, विद्युतगृह उपकरण जडान र प्रसारणलाइन निर्माण सम्पन्न गरेको छ। विसं २०७८ मा निर्माण सुरु गरिएको यो आयोजना ‘रन अफ द रिभर’ प्रकारको हो, जसले १३२ केभी प्रसारणलाइनमार्फत केन्द्रीय विद्युत प्रणालीसँग जोडिएको छ। आयोजनाको लागत तीन अर्ब रुपैयाँ रहेको छ, जसमा सिटिजन्स र माछापुच्छ्रे बैंकहरूले लगानी गरेका छन्। राहुघाट क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा छ। The Upper Thulokhola Hydroelectric Project, with a capacity of 22.5 MW, has been completed in Raghu Ganga Municipality-7, Myagdi. The project, developed by Thulokhola Hydropower Limited, has successfully completed its physical structure, equipment installation at the powerhouse, and transmission line construction. The project, which began construction in 2078 BS, is located in a remote area. The project is a "Run of the River" type, with a 132 kV transmission line connecting it to the central grid. The estimated cost of the project is three billion rupees, with funding from Citizens and Machhapuchchhre Banks. Several hydropower projects in the Rahughhat area, including the 21.3 MW Thulokhola Hydroelectric Project, are already operational, and the 40 MW Rahughgat Hydroelectric Project is in its final stage.

      NEPSE TRADING·12 Mar, 2026·2 min read
    • सुन र चाँदीको मूल्य घट्यो
      Top

      सुन र चाँदीको मूल्य घट्यो Gold and Silver Prices Drop

      फागुन २८ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ घटेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य २०५ रुपैयाँ घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ।On February 28, Thursday, the prices of gold and silver have decreased in the Nepali market. Gold is being traded at 317,000 rupees per tola, down by 2,000 rupees, while silver is being traded at 5,515 rupees per tola, falling by 205 rupees.

      NEPSE TRADING·12 Mar, 2026·<1 min read