
नेप्सेको ४३औँ वार्षिक साधारण सभा पुस २९ गते, सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश प्रस्तावNEPSE Proposes 85% Cash Dividend; 43rd Annual General Meeting on January 13
नेप्सेको ४३औँ वार्षिक साधारण सभा पुस २९ गते, सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश प्रस्ताव नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ४३औँ वार्षिक साधारण सभामार्फत सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। नेप्सेले सार्वजनिक गरेको सूचनाअनुसार उक्त साधारण सभा पुस २९ गते, सोमबार काठमाडौंमा आयोजना हुनेछ। सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा दिउँसो ११ बजे नेप्सेको कार्यालय, यु.एन.आई. शान्तिमार्ग, काठमाडौंमा बस्नेछ। सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ।NEPSE Proposes 85% Cash Dividend; 43rd Annual General Meeting on January 13 Nepal Stock Exchange Limited (NEPSE) has proposed distributing an 85 percent cash dividend to its shareholders through its 43rd Annual General Meeting (AGM). According to the notice published by NEPSE, the AGM will be held on Monday, January 13, in Kathmandu. As per the decision of the Board of Directors, the AGM will commence at 11:00 AM at the company’s office located at U.N.I. Shanti Marg, Kathmandu. The meeting agenda includes discussion and approval of the annual report, auditor’s report, profit and loss statement, and cash flow statement of the previous fiscal year.


















