
टाइम फर्मास्युटिकल्सको आईपीओ मूल्य ४५० रुपैयाँ कायम, सर्वसाधारणका लागि निष्कासनको तयारीTime Pharmaceuticals Sets IPO Price at Rs. 450 After Completing Book Building Process
काठमाडौं — बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको संस्थागत लगानीकर्तातर्फको बोलकबोल प्रक्रिया सम्पन्न भएको छ।
योग्य संस्थागत लगानीकर्ताले गरेको बोलकबोलबाट कम्पनीको प्रतिकित्ता कटअफ मूल्य ५०० रुपैयाँ कायम भएको छ। बुक बिल्डिङ व्यवस्थाअनुसार सर्वसाधारण लगानीकर्ताले कटअफ मूल्यमा १० प्रतिशत छुट पाउने भएकाले कम्पनीको आईपीओ प्रतिकित्ता ४५० रुपैयाँ मा खरिद गर्न सक्नेछन्।
कम्पनीले आफ्नो जारी पुँजी ५३ करोड रुपैयाँको २०.५० प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ प्रक्रियामार्फत बिक्री गरिएको छ। बाँकी ६ लाख ५१ हजार ९०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ।
बुक बिल्डिङ विधिबाट आउने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
संस्थागत लगानीकर्ताको प्रक्रिया पूरा भएपछि कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिने प्रक्रिया अघि बढाउनेछ। सेबोनको अनुमति पाएपछि कम्पनीले आईपीओ निष्कासनको मिति सार्वजनिक गर्नेछ।
बुक बिल्डिङ प्रणालीमार्फत मूल्य निर्धारण भएकाले कम्पनीको सेयर मूल्य बजारको माग र संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा तय भएको हो। अब सर्वसाधारण लगानीकर्ताको सहभागितापछि कम्पनीको सार्वजनिक निष्कासन प्रक्रिया अन्तिम चरणमा पुग्नेछ।
Kathmandu — Time Pharmaceuticals Limited, which is preparing to issue its Initial Public Offering (IPO) through the book building method, has completed the bidding process for qualified institutional investors. The company has fixed the cut-off price of its shares at Rs. 500 per share following the institutional bidding process.
Under the existing book building regulations, general investors will receive a 10 percent discount on the cut-off price. As a result, the company’s IPO will be available to the public at Rs. 450 per share.
The pharmaceutical company plans to issue 1.0865 million ordinary shares, equivalent to 20.50 percent of its issued capital of Rs. 530 million.
Of the total shares to be issued, 40 percent or 434,600 shares have already been allocated to qualified institutional investors through the book building process.
The remaining 60 percent or 651,900 shares have been reserved for general investors. Investors participating in the IPO through the book building method will be required to apply for a minimum of 50 shares, according to the company.
With the institutional bidding process successfully completed, Time Pharmaceuticals will now apply to the Securities Board of Nepal (SEBON) for approval to issue shares to the general public.
After receiving regulatory approval, the company will announce the IPO issuance date.
The completion of the book building process marks an important step toward the company’s public listing. The method allows share prices to be determined based on institutional investors’ valuation and market demand rather than a fixed pricing mechanism, making it different from the traditional IPO pricing system.



