
ग्रीन कार्ड प्रक्रियामा अमेरिकाको नयाँ नियम, अधिकांश आप्रवासीले स्वदेशबाटै आवेदन दिनुपर्नेUS Announces Major Green Card Rule Change for Immigrants Applying from Abroad
अमेरिकाले ग्रीन कार्डसम्बन्धी नयाँ नीति लागू गर्ने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार अब अधिकांश आप्रवासीहरूले ग्रीन कार्डका लागि आवेदन प्रक्रिया अमेरिकाभित्रबाट नभई आफ्नै देशस्थित अमेरिकी दूतावास वा वाणिज्य दूतावासमार्फत पूरा गर्नुपर्नेछ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले केही विशेष अवस्थाबाहेक अमेरिकाभित्र बसेर ‘स्टाटस परिवर्तन’ गर्न पाइने व्यवस्था हटाइने जनाएको छ । यो कदमलाई ट्रम्प प्रशासनको अवैध आप्रवासन नियन्त्रण अभियानको हिस्सा मानिएको छ । यद्यपि, यस नीतिको आलोचना गर्दै विभिन्न पक्षहरूले यसले लाखौँ आप्रवासीलाई कठिनाइमा पार्न सक्ने बताएका छन् । उनीहरूका अनुसार आवेदन प्रक्रिया लामो हुँदा परिवार छुट्टिन सक्ने र अमेरिका फर्किन पाइन्छ कि पाइँदैन भन्ने अन्योल समेत बढ्न सक्छ । ग्रीन कार्डले अमेरिकामा स्थायी बसोबास, रोजगारी र स्वतन्त्र रूपमा यात्रा गर्ने अधिकार प्रदान गर्ने भए पनि मतदानको अधिकार भने दिँदैन । यो कार्ड १० वर्षका लागि जारी गरिन्छ र पछि नवीकरण गर्न सकिन्छ ।
The United States has announced a new policy regarding Green Card applications, requiring most immigrants to complete the process through U.S. embassies or consulates in their home countries instead of applying from within the United States. According to the U.S. Citizenship and Immigration Services (USCIS), the option to adjust immigration status while staying in the U.S. will be removed except in certain special cases. The move is being viewed as part of the Trump administration’s efforts to tighten control over illegal immigration. However, critics argue that the policy could create major difficulties for millions of immigrants, as lengthy processing times may separate families and create uncertainty about whether applicants will be allowed to return to the U.S. after leaving. A Green Card grants permanent residency, work authorization, and freedom to travel in the United States, although Green Card holders are not allowed to vote. The card is issued for 10 years and can later be renewed.




