NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. What is Capital Gain ?
    नेपाल स्टक मार्केटमा पूँजीगत लाभ करको बारेमा जानकारी
    Education
    1 min read
    Published on June 5, 2024
    NEPSE trading

    नेपाल स्टक मार्केटमा पूँजीगत लाभ करको बारेमा जानकारी What is Capital Gain ?

    पूँजीगत लाभ भनेको के हो ?

    पूँजीगत लाभ भनेको तपाईंले खरिद गर्नुभएको धितोपत्र बेच्दा खरिद गरेको भन्दा माथिको मूल्यमा बिक्री गर्नुभएको छ भने प्राप्त हुने थप आम्दानी हो। विशेषगरी मूल्यवान् वस्तु, जग्गा, शेयर तथा धितोपत्र खरिद–बिक्री गर्दा प्राप्त हुने आम्दानीलाई पूँजीगत लाभ भनिन्छ। संसारभर धेरै मुलुकमा पूँजीगत लाभमा कर तिर्नुपर्ने नियम छ, र नेपालमा पनि घरजग्गा तथा धितोपत्रको कारोबारमा पूँजीगत लाभ भएको खण्डमा अनिवार्य रूपमा पूँजीगत लाभ कर (Capital Gain Tax, CGT) तिर्नुपर्दछ।

    नेपालमा पूँजीगत लाभ करको दरहरू

    नेपालमा शेयर बजारमा लाग्ने पूँजीगत लाभ करका दरहरू तपाईंले शेयर कति समय राखेर बिक्री गर्नुभयो भन्ने कुराले फरक पार्दछ:

    - १ वर्षभन्दा कम अवधिका लागि: तपाईंले ३६५ दिनभन्दा कम अवधि शेयर होल्ड गरेर नाफा आर्जन गर्नुभएको छ भने ७.५% को दरमा पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ।

    - १ वर्षभन्दा बढी अवधिका लागि: तपाईं दीर्घकालीन लगानीकर्ता हो र ३६५ दिनभन्दा बढी अवधि शेयर होल्ड गरेर बिक्री गर्नुभएको छ भने करको दर ५% पर्न जान्छ।

    व्यक्तिगत र संस्थागत लगानीकर्ताका लागि कर दरहरू

    - व्यक्तिगत लगानीकर्ताहरू: नियमित कारोबार नगर्ने वा १ वर्ष भन्दा बढी अवधिसम्म शेयर वा सम्पत्ति होल्ड गरेर बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताहरूले आफ्नो नाफाको ५% पूँजीगत लाभ कर तिर्नुपर्दछ। तर, यदि एक वर्षभन्दा कम समयको लागि शेयर वा घरजग्गा होल्ड गरेर बेच्छन् भने ७.५% को दरमा पूँजीगत लाभकर तिर्नुपर्दछ।

    - संस्थागत लगानीकर्ताहरू: संस्थागत लगानीकर्ताहरूले घरजग्गा वा शेयर बिक्रीबाट प्राप्त नाफामा १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ। यस्तो कर संस्थागत लगानीकर्ताहरूको लागि एड्भान्स कर हो, जसलाई वर्षको अन्त्यमा अन्य नियमित व्यवसायबाट प्राप्त गरेको आम्दानी तथा खर्च समायोजन गरी वर्षको अन्तिममा तिर्नुपर्ने आयकरमा जोड्न वा घटाउन सक्छन्।

    लाभांश कर

    तपाईंले कम्पनीबाट नगद लाभांश वा बोनस मार्फत थप शेयरहरू प्राप्त गर्दा ५ प्रतिशतको दरमा कर तिर्नुपर्दछ। यसरी प्राप्त बोनस शेयरलाई बिक्री गरेको खण्डमा पूँजीगत लाभको गणना यस प्रकार गरिन्छ:

    - बोनस शेयर: खातामा आएको ३६५ दिनभन्दा बढी भएको खण्डमा व्यक्तिगत लगानीकर्तालाई ५% प्रतिशत र ३६५ दिनभन्दा कम भएको खण्डमा ७.५% पूँजीगत लाभकर लाग्ने गर्दछ। संस्थागत लगानीकर्तालाई १० प्रतिशत पूँजीगत लाभकर लाग्ने गर्दछ।

    पूँजीगत लाभ गणना विधि

    पूँजीगत लाभ तल दिइएको विधिद्वारा गणना गरिन्छ:

    बिक्री रकम} - खरिद रकम} = पूँजीगत लाभ रकम

    मर्जर र कर

    मर्जर वा एक्विजिसनको अवस्थामा लेनदेनको विवरण, संलग्न कम्पनीहरू र प्रचलित कर कानूनहरूको आधारमा कर प्रभावहरू फरक हुन सक्छन्। सामान्यतया जब एक कम्पनीको शेयर अर्को कम्पनीको शेयरमा मर्ज हुन्छ, तत्काल कर दायित्व सिर्जना नहुन सक्छ। यद्यपि, प्राप्त भएका नयाँ शेयरहरूमा भविष्यको पूँजीगत लाभ गणना फरक लागतको आधारमा हुनसक्छ।

    Capital gain refers to the profit earned when you sell securities at a higher price than you purchased them. It primarily occurs in the sale of valuable items, real estate, shares, and various securities. Globally, capital gains are subject to taxes, and in Nepal, capital gains tax (CGT) is mandatory on real estate and securities transactions.

    Capital Gains Tax Rates in Nepal

    The rates for capital gains tax on the stock market in Nepal vary based on the holding period:

    - Less than 1 year: If you hold shares for less than 365 days, the tax rate is 7.5%.

    - More than 1 year: If you hold shares for more than 365 days, the tax rate is 5%.

    Tax Rates for Individual and Institutional Investors

    - Individual Investors: Those who do not trade regularly or hold shares or property for more than one year pay 5% capital gains tax on their profits. If they sell within one year, the rate is 7.5%.

    - Institutional Investors: Institutions pay 10% capital gains tax on profits from the sale of property or shares. This is an advance tax that can be adjusted against other regular business income and expenses at the end of the financial year.

    Dividend Tax

    When you receive cash dividends or bonus shares from a company, you must pay a 5% tax. For bonus shares, the calculation of capital gains is based on the date of receipt:

    - Bonus Shares: If sold after 365 days, individual investors pay 5%, and if sold within 365 days, they pay 7.5%. Institutional investors pay 10%.

    Calculating Capital Gains

    Capital gains are calculated as follows:

    {Selling Price} - Purchase Price = Capital Gain

    Mergers and Tax

    In the case of mergers or acquisitions, tax implications depend on transaction details, involved companies, and applicable tax laws. Typically, when one company's shares are merged into another's, there may be no immediate tax liability. However, the calculation of future capital gains may be based on different costs for the new shares received.

    Trending News

    • Trending15 Jun, 2026

      कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता

      Read news
    • Trending15 Jun, 2026

      सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार

      Read news
    • Trending15 Jun, 2026

      मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा

      Read news

    Related News

  • कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता
    Investor

    2 min read

    कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार
    Investor

    5 min read

    सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा
    Investor

    5 min read

    मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • अमेरिका–इरान युद्धको अन्त्य: रगत र बारुदपछि आयो शान्तिको खबर
    Top

    4 min read

    अमेरिका–इरान युद्धको अन्त्य: रगत र बारुदपछि आयो शान्तिको खबर

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026