Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
15 Nov, 2026
अपि पावर कम्पनी लिमिटेडको २३औं वार्षिक साधारण सभा आह्वान

अपि पावर कम्पनी लिमिटेडको २३औं वार्षिक साधारण सभा आह्वानApi Power Company Limited Calls 23rd Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 16, 2026

अपि पावर कम्पनी लिमिटेड

ट्रेड टावर, थापाथली, काठमाडौँ, नेपाल

तेह्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८३/०७/२०)

अपि पावर कम्पनी लिमिटेडको मिति २०८३ कार्तिक १९ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार निम्नलिखित मिति, स्थान र समयमा देहायका विषयहरुमा छलफल गर्नका लागि कम्पनीको २३ औं वार्षिक साधारण सभा बोलाइएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ तथा कम्पनीको नियमावलीको नियम १८(३) को व्यवस्था अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुलाई जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

२३औं वार्षिक साधारण सभा हुने मिति, स्थान र समय

मिति : २०८३ साल मंसिर १८ गते शुक्रबार (तदनुसार ४ डिसेम्बर, २०२६)

स्थान : कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँ ।

समय : बिहान ११:०० बजे देखि ।

२३औं वार्षिक साधारण सभाका छलफलका विषयहरु :

क) सामान्य प्रस्ताव

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४) २३औं वार्षिक साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज बन्द भएको मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुलाई आ.व. २०८२/०८३ सम्मको वितरण योग्य संचित खुद मुनाफाबाट विद्यमान चुक्ता पूँजी रु. ६,३७,९७,२४,१९९/- (अक्षरेपी छ अर्ब अडतिस करोड सन्तानब्बे लाख चौबिस हजार एक सय उनान्सय मात्र) को ०.२६३२ प्रतिशतले हुने रु. १,६७,८८,७४८ (अक्षरेपी एक करोड सड्सट्ठी लाख अडचालीस हजार सात सय अढचालीस मात्र) प्रस्तावित बोनस शेयरको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने सम्बन्धमा ।

५) संचालक समितिमा रिक्त संचालक पदमा संचालक समितिबाट भएको नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्ताव

१) २३औं वार्षिक साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज बन्द भएको मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुलाई कम्पनीको आर्थिक वर्ष २०८२/०८३ सम्मको वितरण योग्य संचित खुद मुनाफाबाट विद्यमान चुक्ता पूँजी रु. ६,३७,९७,२४,१९९/- (अक्षरेपी छ अर्ब अडतिस करोड सन्तानब्बे लाख चौबिस हजार एक सय उनान्सय मात्र) को ५ प्रतिशतका दरले हुने रु. ३१,८९,८६,२०९/९५ (अक्षरेपी एकतिस करोड उनानब्बे लाख छयासी हजार दुई सय नौ रूपैैया पञ्चानब्बे पैसा मात्र) बराबरको ३१,८९,८६२/१० कित्ता बोनस शेयर वितरण गर्ने सम्बन्धमा ।

२) कम्पनीले बोनस शेयर जारी गर्दा पूँजी संरचनामा वृद्धि हुने भएको हुँदा सो प्रयोजनका लागि प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने सम्बन्धमा ।

३) कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को २२ औं वार्षिक साधारण सभाबाट विद्यमान चुक्ता पूँजीको १ शेयर बराबर ०.३० का दरले हकप्रद शेयर निष्काशन गरि सो रकमबाट दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधिन मर्स्याङ्दी बेसी जलविद्युत आयोजना (५० मे.वा.) निर्माणमा लगानी गर्ने निर्णय भएकोमा हकप्रद शेयर निष्काशन प्रक्रियाका लागि नियामकीय अनुमतिमा लामो समय व्यतित हुँदा आयोजना निर्माणमा ढिलाई हुने देखिएको हुँदा यस कम्पनीको आन्तरिक नगद प्रवाह, बैंक ऋण तथा अन्य श्रोत मार्फत आयोजनालाई आवश्यक स्वपूँजी व्यवस्थापन भइसकेको हुँदा उक्त १:०.३० हकप्रद शेयर निष्काशन रद्द गर्ने सम्बन्धमा ।

४) उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत संशोधन वा परिवर्तन गर्न तथा अन्य आवश्यक कार्यहरु समेत गर्न संचालक समिति(वा संचालक समितिले तोकेको व्यक्ति) लाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

५) कम्पनी ऐन, २०६३ को दफा १०५ (ख) बमोजिम अपि पावर कम्पनी लिमिटेडले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने सम्बन्धमा ।

६) कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आ.व. २०८२/८३ मा अपि पावर कम्पनी लिमिटेडबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने सम्बन्धमा ।

ग) विविध (अध्यक्षको अनुमतिमा)

संचालक समितिको निर्णयानुसार

कम्पनी सचिव

२३औं वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारीहरुः

१) साधारण सभामा उपस्थित हुने शेयरधनीहरुले अनिवार्य रुपमा आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको प्रमाण पत्र तथा हितग्राही खातामा रहेको यस कम्पनीको शेयर विवरण वा साथमा शेयर प्रमाण पत्र लिई सभामा भाग लिनहुन अनुरोध छ ।

२) शेयरधनीहरुको दर्खास्तको लागि शेयरधनी उपस्थिति पुस्तिका १०:०० बजेबाट खुल्ला गरिनेछ ।

३) २३औं वार्षिक साधारणसभाको प्रयोजनका लागि मिति २०८३ साल मंसिर ८ गते (तदनुसार २४ नोभेम्बर, २०२६) मङ्गलबार एक दिनका लागि शेयरको दर्ता किताब बन्द रहनेछ।मिति २०८३ साल मंसिर ८ गतेको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई तीन कार्य दिन भित्र शेयर दाखिला खारेजका लागि प्राप्त शेयरहरुबाट कायम शेयरधनीहरु मात्र यस सभामा भाग लिन योग्य हुनेछन् ।

४) साधारणसभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्नुपर्नेछ।तर प्रतिनिधि नियुक्त गर्नु भएका शेयरधनी आफै उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधि पत्र स्वतः बदर हुनेछ ।

५) एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नु हुनेछ।कुनै संगठित संस्था वा कम्पनीको शेयर खरिद गरेका हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नु हुनेछ ।

६) कुनै शेयरधनी महानुभावहरुले छलफलका विषयहरु मध्ये विविध शिर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनु भन्दा ७ कार्यदिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनुपर्नेछ।तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रुपमा समावेश गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा निहित हुनेछ ।

Api Power Company Limited

Trade Tower, Thapathali, Kathmandu, Nepal

Notice Regarding 23rd Annual General Meeting

(First Date of Publication: 2083/07/20)

As per the decision of the Board of Directors meeting of Api Power Company Limited held on 2083 Kartik 19, the 23rd Annual General Meeting of the company has been called to discuss the following matters on the date, place, and time specified below. Therefore, this notice is published for the information and attendance of all shareholders as per Section 67 of the Companies Act, 2006 and Rule 18(3) of the Company's Articles of Association.

Date, Venue and Time of 23rd Annual General Meeting

Date: 2083 Mangsir 18, Friday (Corresponding to 4 December, 2026)

Venue: Karki Banquet, Babarmahal, Kathmandu.

Time: From 11:00 AM onwards.

Agenda for Discussion at the 23rd Annual General Meeting:

a) Ordinary Resolutions

1) Presentation, discussion, and approval of the Board of Directors' Annual Report for the Fiscal Year 2082/083 by the Chairman.

2) Discussion and approval of the financial statements including the Auditor's Report, Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for the Fiscal Year 2082/083.

3) Appointment of the Auditor for the FY 2083/084 and determination of their remuneration pursuant to Section 111 of the Companies Act, 2006.

4) Regarding the distribution of cash dividend for tax purposes on the proposed bonus shares amounting to Rs. 1,67,88,748 (in words: One Crore Sixty Seven Lakh Eighty Eight Thousand Seven Hundred Forty Eight Only), being 0.2632 percent of the existing paid-up capital of Rs. 6,37,97,24,199/- (in words: Six Billion Thirty Seven Crore Ninety Seven Lakh Twenty Four Thousand One Hundred Ninety Nine Only) from the distributable accumulated net profit up to FY 2082/083 for shareholders maintained till the day prior to the book closure date for the 23rd AGM.

5) Regarding the approval of the appointment made by the Board of Directors to the vacant Director position.

b) Special Resolutions

1) Regarding the distribution of 5 percent bonus shares amounting to Rs. 31,89,86,209/95 (in words: Thirty One Crore Eighty Nine Lakh Eighty Six Thousand Two Hundred Nine Rupees and Ninety Five Paisa Only) equal to 31,89,862/10 units of bonus shares from the distributable accumulated net profit up to FY 2082/083 on the existing paid-up capital of Rs. 6,37,97,24,199/- (in words: Six Billion Thirty Seven Crore Ninety Seven Lakh Twenty Four Thousand One Hundred Ninety Nine Only) for shareholders maintained till the day prior to the book closure date for the 23rd AGM.

2) As the capital structure will increase upon issuing bonus shares, regarding amending Article 6 of the Memorandum of Association for this purpose.

3) In the 22nd Annual General Meeting of FY 2081/082, it was decided to issue right shares at the ratio of 1:0.30 of existing paid-up capital to invest in the construction of Marsyangdi Besi Hydroelectric Project (50 MW) under construction by Dibyajyoti Hydropower Limited; however, as the regulatory approval process took a long time leading to delays in project construction, necessary equity for the project has already been arranged through the company's internal cash flow, bank loans, and other sources, hence regarding the cancellation of the said 1:0.30 right share issuance.

4) Regarding granting full authority to the Board of Directors (or a person designated by the Board of Directors) to make necessary amendments or modifications if any directions or comments are received from regulatory authorities while submitting the above passed ordinary and special resolutions for approval, and to perform other necessary works.

5) Regarding the approval of loans taken by Api Power Company Limited from banks and financial institutions pursuant to Section 105 (b) of the Companies Act, 2006.

6) Regarding the approval of expenses incurred under Corporate Social Responsibility by Api Power Company Limited in FY 2082/83 pursuant to Section 105 (c) of the Companies Act, 2006.

c) Miscellaneous (With the permission of the Chairman)

By Order of the Board of Directors

Company Secretary

Other Information Regarding the 23rd Annual General Meeting:

1) Shareholders attending the General Meeting are requested to compulsorily bring an official photo identity card clearly revealing their identity, along with proof of shares in DEMAT account or share certificate.

2) The attendance register for shareholders will be open from 10:00 AM.

3) For the purpose of the 23rd Annual General Meeting, the shareholder register book will remain closed for one day on 2083 Mangsir 8 (Corresponding to 24 November, 2026) Tuesday. Only those shareholders who have traded on Nepal Stock Exchange Limited up to the day prior to 2083 Mangsir 8 and are received for transfer registration within three working days shall be eligible to attend this meeting.

4) Shareholders wishing to appoint a proxy to attend the General Meeting must appoint a proxy in the format prescribed by prevailing company laws or as per the Annual Report booklet. However, if the shareholder appointing the proxy attends in person and signs the attendance register, the proxy appointment shall automatically be cancelled.

5) In the case of shares registered jointly under more than one person, only one person selected unanimously or the person whose name is listed first in the register will be eligible to participate in the meeting. In the case of shares purchased by any corporate body or company, the representative nominated by such corporate body or company can participate in the meeting in the capacity of a shareholder.

6) If any shareholder wishes to discuss or raise any issue regarding the company under the miscellaneous head, a written proposal must be submitted to the Chairman of the Board of Directors through the Company Secretary at least 7 working days before the meeting. However, the right to include or not include such proposal for discussion or debate in the General Meeting shall rest with the Chairman of the Board of Directors.

Advertisement