
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीको लागि सर्वसाधारणलाई सूचनाCitizens Bank: Promoter Shares Offered to General Public
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on June 18, 2026
(प्रकाशित मिति: २०८३/०३/०४ गते)
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका शेयरधनी श्री सबिना भुसालले ८७,८७८.३६ कित्ता संस्थापक शेयर बिक्री गर्नको लागि यस बैंकमा निवेदन दिनु भएकोमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक समूहको शेयर खरिद/बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने र यसरी खरिद/बिक्री गर्दा सो शेयर खरिद/बिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको अधिनमा रही उपरोक्त शेयरहरु बिक्री गर्नु पर्ने भएकोले बैंकका सम्पूर्ण संस्थापक शेयरधनीहरुको जानकारीको लागि मिति २०८३/०१/१८ को नेपाली हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएकोमा, यस बैंकको कुनै पनि संस्थापक शेयरधनीबाट उक्त शेयर खरिद गर्नको लागि निवेदन प्राप्त नभएकोले सर्वसाधारणहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
अतः प्रचलित कानून बमोजिम संस्थापक शेयर खरिद गर्न योग्यतम सर्वसाधारण व्यक्ति वा संस्थालाई उपरोक्त संस्थापक शेयर खरिद गरि लिन इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुहुन अनुरोध छ ।
(Publication Date: 2083/03/04)
Ms. Sabina Bhusal, a promoter shareholder of Citizens Bank International Limited, has submitted an application to this bank for the sale of 87,878.36 units of promoter shares. As per Nepal Rastra Bank's integrated directive, when buying/selling promoter shares, existing promoters must be given first priority. If the shares cannot be bought/sold by existing promoters, then only other individuals or institutions can purchase the aforementioned shares, subject to Nepal Rastra Bank's integrated directive. Therefore, for the information of all promoter shareholders of the bank, a notice was published in the Nepali Himalaya Times National Daily on 2083/01/18. Since no application has been received from any promoter shareholder of this bank to purchase the said shares, this notice has been published for the information of the general public.
Therefore, eligible general public individuals or institutions who wish to purchase the aforementioned promoter shares, as per prevailing law, are requested to submit an application to the bank's Central Office, Narayanahiti Path, within 35 days from the date of publication of this notice.