
डिभाइन हेल्थकेयरको दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचनाDivine Healthcare: 2nd Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 2, 2026
डिभाइन हेल्थकेयर लिमिटेडको
दोस्रो वार्षिक साधारण सभा बस्ने सूचना
दोस्रो पटक प्रकाशित मिति : २०८१/०५/१७
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति भाद्र १३, २०८१ मा बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम कम्पनीको वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयमा छलफल र निर्णय गर्न बस्ने भएकोले उक्त वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण शेयरधनीहरुलाई अनुरोध गर्दछौं ।
१. सभा हुने मिति, स्थान र समयः
मिति : असोज ६, २०८१
स्थान : कम्पनीको उद्योग परिसर, भरतपुर-१६, चितवन ।
समय : ११:०० बजे, बिहान
२. छलफलका विषयहरुः
क) साधारण प्रस्तावहरुः
- संचालक समितिको आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
- लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने ।
- आ.व. २०८१/०८२ को लागि लेखा परिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- आ.व. २०८०/०८१ मा संचालक समिति बाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने ।
- नगद लाभांश (कर प्रयोजनका लागि) ०.०६५७८९४ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
ख) विशेष प्रस्तावहरुः
- हाल कायम चुक्ता पूँजीको १.२५ प्रतिशत वोनस शेयर जारी गर्ने सम्बन्धमा ।
- कम्पनीको प्रबन्धपत्रको दफा ६(क) र (ख) संशोधन गरि अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा ।
- नियमावलीको नियम २७(२) मा संशोधन गरी हाल कायम ११ जनाको संचालक संख्या घटाई संस्थापक समुह बाट ५ जना, सर्वसाधारण शेयरधनीको तर्फ बाट १ जना र व्यवसायिक विशेषज्ञ स्वतन्त्र संचालक १ जना सहित जम्मा ७ जना संचालक कायम गर्ने ।
- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा अन्य आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
- वोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर (Right Share) जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (Initial Public Offering) गर्ने सम्बन्धमा प्रथम वार्षिक साधारण सभाको निर्णयलाई निरन्तरता दिने सम्बन्धमा ।
- प्रारम्भिक सार्वजनिक निष्काशन (Initial Public Offering) बाट प्राप्त पूँजीको उपयोग गर्ने सम्बन्धमा ।
- नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संशोधन तथा प्रारम्भिक सार्वजनिक निष्काशन (Initial Public Offering) सम्बन्धमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो सम्बन्धमा आवश्यक कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
- विविध ।
साधारण सभा सम्बन्धी अन्य जानकारीहरुः
- सभामा भाग लिनुहुने प्रत्येक शेयरधनीहरुले सभा हुने स्थानमा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्ने छ । हाजिरी पुस्तिका बिहान १०:०० देखि खुल्ला रहने छ ।
- वार्षिक साधारण सभा प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य मिति भाद्र २६, २०८१ एक दिनका लागि बन्द रहने छ । शेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन मिति भाद्र २५, २०८१ सम्म कायम रहेको शेयरधनीहरु वार्षिका साधारण सभामा भाग लिन सक्नेछन् ।
- संगठित संस्था शेयरधनी भएको हकमा संस्थाले प्रतिनिधि नियुक्त गरेको व्यक्ति अख्तियारीपत्र सहित उपस्थित हुनु पर्ने छ ।
- प्राकृतिक व्यक्तिले नियुक्त गर्ने प्रतिनिधि (प्रोक्सी) कम्पनीको शेयरधनी हुनु पर्नेछ ।
- संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा शेयरधनी दर्ता किताबमा पहिलो नाम उल्लेख भएको शेयरधनी वा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्ति मात्र सभामा भाग लिन पाउनेछ ।
- सभामा भाग लिनका लागी प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले कम्पनीको अर्को शेयरधनीलाई कम्पनीको आधिकारिक प्रतिनिधि (प्रोक्सी) फारम भरी सभा हुनु भन्दा ४८ घण्टा अगावै यस कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ ।
संचालक समितिको आज्ञाले
(कम्पनी सचिव)
Divine Healthcare Limited
Notice of 2nd Annual General Meeting
Second Publication Date: 2081/05/17
Respected Shareholders,
As per the decision of the Board of Directors meeting of this company held on Bhadra 13, 2081, in accordance with Section 67 of the Companies Act, 2063, the Annual General Meeting of the company will be held on the following date, time, and venue to discuss and decide on the following agendas. All shareholders are hereby requested to attend the AGM.
1. Date, Venue, and Time of the Meeting:
Date: Ashwin 6, 2081
Venue: Company's Factory Premises, Bharatpur-16, Chitwan.
Time: 11:00 AM
2. Agendas for Discussion:
A) Ordinary Agendas:
1. To discuss and approve the Board of Directors' Annual Report for F.Y. 2080/081.
2. To discuss and approve the Auditor's Report along with the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for F.Y. 2080/081.
3. To appoint the auditor for F.Y. 2081/082 and determine their remuneration.
4. To endorse the decisions made by the Board of Directors during F.Y. 2080/081.
5. Regarding the proposal to distribute 0.0657894 percent cash dividend (for tax purposes).
B) Special Agendas:
1. Regarding the issuance of 1.25 percent bonus shares on the existing paid-up capital.
2. Regarding amending Clause 6(a) and (b) of the Memorandum of Association to increase the authorized and issued capital.
3. Regarding amending Rule 27(2) of the Articles of Association to reduce the existing number of directors from 11 to a total of 7 directors, including 5 from the promoter group, 1 representing public shareholders, and 1 professional expert independent director.
4. Regarding making other necessary amendments to the Memorandum and Articles of Association of the company.
5. Regarding the issuance of 20 percent Right Shares on the paid-up capital maintained after the bonus share distribution and authorizing the Board of Directors for necessary actions related thereto.
6. Regarding continuing the decision of the First Annual General Meeting concerning the Initial Public Offering (IPO) of the company.
7. Regarding the utilization of capital raised from the Initial Public Offering (IPO).
8. Regarding delegating authority to the Board of Directors to make necessary revisions, additions, or adjustments to the proposed amendments to the Memorandum and Articles of Association and the Initial Public Offering (IPO) as per directives from regulatory authorities.
3. Miscellaneous.
Other Information Regarding the AGM:
1. Every shareholder attending the meeting must be present at the venue and sign the attendance register. The attendance register will be open from 10:00 AM.
2. For the purpose of the AGM, the company's Shareholder Register Book and share transfer book will remain closed for one day on Bhadra 26, 2081. Only shareholders maintained until the day before the book closure, i.e., Bhadra 25, 2081, will be eligible to participate in the AGM.
3. In case of institutional shareholders, the person appointed as proxy by the institution must be present along with the letter of authorization.
4. A proxy appointed by an individual shareholder must be a shareholder of the company.
5. In case of jointly held shares, only the shareholder whose name appears first in the register book or a single person unanimously appointed as proxy shall be eligible to participate in the meeting.
6. Shareholders wishing to appoint another shareholder of the company as their official proxy must submit the completed proxy form to the company's registered office at least 48 hours prior to the meeting.
By Order of the Board of Directors
(Company Secretary)