आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Nov, 2026
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा पुनः आह्वान

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा पुनः आह्वानGuardian Micro Life Insurance Re-convenes Special General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 27, 2026

विशेष साधारण सभा सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०८३।०८।०५

आदरणीय शेयरधनी महानुभावहरु,

यस गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडको मिति २०८३।०८।३ मा बोलाईएको विशेष साधारण सभामा कम्पनी ऐन २०६३ को दफा ७३, कम्पनीको नियमावलीको नियम २३ बमोजिमको गणपूरक संख्या अपुग भएकोले सभा स्थगित गरिएको विशेष साधारण सभा कम्पनीको नियमावलीको नियम १८ को उपनियम (६) बमोजिम कम्तीमा ७ (सात) दिनको म्याद दिई पुनः सभा बोलाउनु पर्ने व्यवस्था अनुरुप स्थगित भएको विशेष साधारण सभाको बैठक सोहि विषयमा मात्र छलफल हुने गरी निम्न लिखित मिति, समय र स्थानमा पुनः बस्न बोलाईएको व्यहोरा शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अतः यसै सूचनालाई आधार मानी उक्त विशेष साधारण सभामा सम्पूर्ण शेयरधनीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

विशेष साधारणसभा हुने मिति, समय र स्थान

मिति :- २०८३ साल मंसिर १२ गते शनिबार (२८ नोभेम्बर, २०२६)

स्थान :- होटल एअरपोर्ट, विराटनगर मोरङ

समय :- दिउँसो १ बजे

आज्ञाले

कम्पनी सचिव

विशेष साधारण सभा सम्बन्धि जानकारी

  1. शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र लिई आउन अनुरोध गरिन्छ ।
  2. सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले प्रतिनिधि (प्रोक्सी) फारम सभा हुने दिन भन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराई सक्नु पर्नेछ । एक जना शेयरधनीले एक जना भन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त भएको पाइएमा सबैभन्दा पहिला कम्पनीमा दर्ता भएको प्रतिनिधि (प्रोक्सी) मात्र मान्य हुनेछ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि (प्रोक्सी) बदर नगरी कुनै शेयरधनीले सभामा भाग लिन चाहेमा भाग लिन सक्नु हुनेछ तर मतदान गर्न पाउनु हुने छैन ।
  3. हाजिर पुस्तिका बिहान ११ बजे देखि उपलब्ध रहनेछ ।
  4. सभा सम्बन्धि अन्य बिस्तृत जानकारीको लागि कम्पनीको केन्द्रीय कार्यालय मुनालपथ-७, विराटनगर मोरङमा वा प्रादेशिक कार्यालय, सानो गौचरण, काठमाडौँमा वा मोबाईल नम्बर ९८०१२८४९९९ मा कार्यालय समय भित्र सम्पर्क गर्न सक्नुहुनेछ ।

Notice Regarding Special General Meeting

First published date: 2083।08।05

Dear Shareholders,

Due to the lack of quorum as per Section 73 of the Company Act 2063 and Rule 23 of the Company's Articles of Association in the Special General Meeting of Guardian Micro Life Insurance Limited called on 2083।08।3, the meeting was postponed. As per the provision to re-convene the meeting by giving at least 7 (seven) days' notice under Sub-rule (6) of Rule 18 of the Company's Articles of Association, this notice is published to inform shareholders that the postponed Special General Meeting will be held again on the following date, time, and place to discuss only the same agenda. Therefore, all shareholders are kindly requested to attend this Special General Meeting.

Date, Time, and Place of the Special General Meeting

Date: - Saturday, Mangsir 12, 2083 (November 28, 2026)

Place: - Hotel Airport, Biratnagar, Morang

Time: - 1 PM

By order

Company Secretary

Information Regarding Special General Meeting

1. Shareholders are requested to bring their official identification or share certificate.

2. Shareholders wishing to appoint a representative (proxy) to participate in the meeting must register the proxy form at least 48 hours before the meeting day. If more than one representative (proxy) is appointed by a single shareholder, only the representative (proxy) first registered with the company will be valid. After appointing a representative (proxy), if any shareholder wishes to participate in the meeting without canceling the proxy, they may participate but will not be allowed to vote.

3. The attendance register will be available from 11 AM.

4. For any other detailed information regarding the meeting, you may contact the company's central office at Munalpath-7, Biratnagar, Morang, or the provincial office at Sano Gaucharan, Kathmandu, or call mobile number 9801284999 during office hours.