आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Nov, 2026
हिमालयन लघुवित्त वित्तीय संस्थाको १५औं वार्षिक साधारण सभा सूचना

हिमालयन लघुवित्त वित्तीय संस्थाको १५औं वार्षिक साधारण सभा सूचनाHimalayan Laghubitta Bittiya Sanstha: 15th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 27, 2026

पन्ध्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशन मिति : २०८३/०८/१० गते)

श्री आदरणीय शेयरधनी महानुभावहरु,

यस वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८३/०८/०९ गते बुधवारको दिन बसेको २६५औं बैठकको निर्णयानुसार वित्तीय संस्थाको १५औं वार्षिक साधारण सभा देहायका विषयहरु उपर छलफल तथा पारित गर्न निम्न मिति, स्थान र समयमा बस्ने भएको हुँदा ‘कम्पनी ऐन २०६३’ को दफा ६७(२) तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

साधारण सभा बस्ने मिति, स्थान र समयः

मिति : २०८३ साल पौष ०१ गते बुधवार (तदनुसार २३ डिसेम्बर, २०२६) ।

समय : बिहान ११:०० बजे ।

स्थान : बागबजार इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौं ।

वार्षिक साधारण सभा छलफलका विषयहरुः

(क) सामान्य प्रस्तावहरुः

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, मिति २०८२/०४/०१ गतेदेखि २०८३ आषाढ मसान्तसम्मको नाफा वा नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र सम्बन्धित लेखा टिप्पणी तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने।
  3. सञ्चालक समितिले सिफारिस गरे अनुरूप नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएबमोजिम हाल कायम रहेको संस्थाको कुल चुक्ता पूँजी रु. ३४,१०,८६,०३४/८४ को ०.२५ प्रतिशतले हुन आउने नगद लाभांश रकम रु. ८,५२,७१५/०९ बोनस सेयरमा लाग्ने प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने।
  4. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा-६३ अनुसार आर्थिक वर्ष २०८३/८४ को कारोबारको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। (वर्तमान बाह्य लेखापरीक्षक श्री सुन्दर एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स, पुल्चोक ललितपुर पुनः नियुक्तिका लागि योग्य हुनुहुनेछ।)

(ख) विशेष प्रस्तावहरुः

  1. सञ्चालक समितिले सिफारिस गरे अनुरूप नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएबमोजिम आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको संस्थाको कुल चुक्ता पूँजी रु. ३४,१०,८६,०३४/८४ को ४.२५ प्रतिशतले हुन आउने रकम रु. १,४२,९५,८०६/४० बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने।
  2. वित्तीय संस्थाको प्रबन्धपत्रको दफा-६ (ख) र (ग) मा संशोधन प्रस्ताव पारित गर्ने। साथै, प्रबन्धपत्रमा गरिने संशोधनहरुमा नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा सोही अनुरूप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।
  3. यस वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) गर्न, संस्थाको चल अचल सम्पत्ति तथा दायित्वको कारोबारको मूल्यांकन (Due Diligence Audit) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने।

(ग) विविध................।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

पन्ध्रौं वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी :

  1. साधारण सभा प्रयोजनका लागि मिति २०८३/०८/२३ गते शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०८/२३ गतेभन्दा अघिल्लो दिनसम्म कारोबार भई प्रचलित कानून बमोजिम यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन, मतदान गर्न र वितरण गर्ने घोषणा गरिएकोको लाभांश पाउन योग्य हुनुहुनेछ।
  2. यस वित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त हुनको लागि संस्थाको नियमावलीमा उल्लेख भए अनुसारको न्यूनतम १०० कित्ता शेयर धारण गरेको र बाँकी अवधि (३ वर्ष)का लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम संस्थाको केन्द्रीय कार्यालयको सूचनापाटीमा निर्वाचन अधिकृतले प्रकाशित गरे बमोजिम हुनेछ।
  3. साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले हितग्राही परिचय नम्बर (BOID) र आफ्नो परिचय खुल्ने फोटो सहितको आधिकारिक परिचय पत्र वा सोको प्रतिलिपि अनिवार्य रुपमा प्रस्तुत गर्नु पर्नेछ।
  4. साधारण सभाको वार्षिक प्रतिवेदन सम्बन्धी विवरण, प्रोक्सी तथा कागजातहरु सबै शेयरधनी महानुभावहरुको लागि यस संस्थाको वेबसाइट www.himalayanlaghubitta.com बाट हेर्न र प्राप्त गर्न सकिनेछ।
  5. सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले सम्पूर्ण शेयरको प्रतिनिधि एउटै व्यक्ति (विभाजन नहुने गरी) हुने गरी प्रतिनिधि पत्र (प्रोक्सी फाराम) भरी कम्पनीको केन्द्रीय कार्यालयमा सभा शुरु हुनुभन्दा कम्तिमा ७२ घण्टा अगावै दर्ता गरी सक्नुपर्नेछ। यसरी प्रतिनिधि नियुक्त गरिएको व्यक्ति कम्पनीको शेयरधनी हुन अनिवार्य छ।
  6. कुनै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) मुकरर गरेको अवस्थामा पहिलो दर्ता हुने प्रोक्सी मान्य हुनेछ। त्यसपछि आउने प्रोक्सी स्वतः बदर हुनेछ।
  7. कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्तो संगठित संस्था वा कम्पनीले मनोनीत गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नेछ। त्यस्तो संस्थाबाट मनोनीत व्यक्तिले ल्याउने प्रोक्सी फाराममा संस्थाको छाप र आधिकारिक व्यक्तिको दस्तखत हुनुपर्नेछ।
  8. विशिष्टीकृत शेयरधनीको तर्फबाट यस कम्पनीको शेयर लगत किताबमा संरक्षकको रुपमा दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधि तोक्न पाउनेछैन।
  9. सभा हुने दिन सभामा उपस्थितिका लागि हाजिरी पुस्तिका बिहान १०:०० बजेदेखि सभा सञ्चालन हुञ्जेलसम्मको लागि खुल्ला रहनेछ।
  10. शेयरधनीहरुले गरेका मन्तव्य वा प्रश्नहरुको सम्बन्धमा सभाका सभापति आफैंले वा सभाका सभापतिबाट आदेश प्राप्त व्यक्तिबाट सामूहिकरुपले उत्तर दिइनेछन्।
  11. विविध शीर्षक अन्तर्गत छलफल गर्नुपर्ने विषयका बारेमा इच्छुक शेयरधनीले सभा हुनुभन्दा ७ (सात) दिन अगावै कार्यालय समयभित्र कम्पनी सचिव समक्ष लिखित रुपमा जानकारी दिनु पर्नेछ। उक्त लिखित जानकारीलाई औचित्य हेरी छलफलमा समावेश गर्न सकिनेछ।
  12. शेयरधनी महानुभावहरुले सभा स्थलमा आउँदा छाता, झोला वा अन्य कुनै वस्तु नलिई आउनु हुन अनुरोध गरिन्छ। सभा अवधिभर सभा स्थलमा रहेको सुरक्षाकर्मीले आवश्यक देखेमा सुरक्षा जाँच गर्न सक्ने भएको हुँदा निजहरुलाई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ।

नोट : थप जानकारीका लागि यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय चाबहिल, काठमाडौं (फोन नं. ०१-४५९८३३३/४५९८३३४) मा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।

आर्थिक वर्ष २०८२/८३ को संक्षिप्त आर्थिक विवरण (कम्पनी ऐन २०६३ को दफा ८४(४) प्रयोजनको लागि प्रकाशित विवरण)

(संस्थाको वार्षिक वित्तीय विवरण र सञ्चालक समितिको प्रतिवेदनको संक्षिप्त विवरणको रुपमा रहेको छ ।)

शेयरधनी महानुभावहरु,

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभाको प्रयोजनार्थ आर्थिक वर्ष २०८२/८३ को संस्थाको वित्तीय स्थिति, नाफा/नोक्सान, नगद प्रवाह विवरण लगायत संस्थाको समग्र कारोबारको सिंहावलोकन निम्नअनुसार रहेको व्यहोरा यस संक्षिप्त वार्षिक आर्थिक विवरण मार्फत जानकारी गराउँदछौं।

(क) विगत तथा समीक्षा वर्षको कम्पनीको कारोबारको सिंहावलोकन

१. वित्तीय स्थिति अन्तर्गतका मुख्य शीर्षकहरु :

(रकम रु. हजारमा)

क्र.सं. विवरण समीक्षा आर्थिक वर्ष २०८२/८३ गत आर्थिक वर्ष २०८१/८२

१. शेयर पूँजी३४,१०,८६३१,२२,१६
२. जगेडा कोष२९,९३,१२२०,८१,९०
३. तिर्न बाँकी कर्जा सापटी४,००,८५,२४३,६२,८९,०४
४. निक्षेप दायित्व१,२७,२७,६४१,१०,४७,५१
५. कर्जा सापटी४,८५,७८,००४,८९,५६,१७

२. नाफा वा नोक्सान अन्तर्गतका मुख्य शीर्षकहरु :

(रकम रु. हजारमा)

क्र.सं. विवरण समीक्षा आर्थिक वर्ष २०८२/८३ गत आर्थिक वर्ष २०८१/८२

१. ब्याज आम्दानी७१,१७,११६७,७३,८३
२. कमिसन तथा अन्य आम्दानी५,३५,१९५,९९,७३
३. ब्याज खर्च२७,९०,१७३०,५९,९५
४. कर्मचारी तथा अन्य सञ्चालन खर्च२७,०२,७३२७,७६,८४
५. आयकर व्यवस्था९,६६,०५३,६६,२५
६. खुद मुनाफा३,५५,६३७,७४,५२

(ख) लेखापरीक्षकको मन्तव्य :

बाह्य लेखापरीक्षक श्री सुन्दर एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स, पुल्चोक ललितपुरबाट वित्तीय संस्थाको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरी वित्तीय स्थिति, नाफा-नोक्सान तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा लेखाका सर्वमान्य सिद्धान्त अनुरूप यथार्थपरक रहेको राय सहितको प्रतिवेदन यस वित्तीय संस्थामा प्राप्त भएको छ।

Fifteenth Annual General Meeting Notice

(First publication date: 2083/08/10 BS)

Dear Shareholders,

As per the decision of the 265th meeting of the Board of Directors of this financial institution held on 2083/08/09 BS (Wednesday), the 15th Annual General Meeting of the financial institution will be held on the following date, time, and place to discuss and pass the following agenda items. This notice has been published for the information and presence of all esteemed shareholders as per Section 67(2) of the 'Companies Act, 2063'.

Date, Time, and Place of the Annual General Meeting:

Date: 2083 Poush 01, Wednesday (corresponding to 23 December, 2026).

Time: 11:00 AM.

Place: Bagbazar Events, Tripureshwor, Kathmandu.

Agenda for Discussion at the Annual General Meeting:

(a) General Resolutions:

1. To discuss and approve the annual report for the fiscal year 2082/83 presented by the Chairperson on behalf of the Board of Directors.

2. To discuss and approve the financial statements as of Ashadh end 2083, including the auditor's report, profit and loss statement, cash flow statement, statement of changes in equity, and related accounting notes and schedules for the period from 2082/04/01 to Ashadh end 2083.

3. To approve the proposal to distribute a cash dividend of Rs. 8,52,715.09, which is 0.25% of the institution's total paid-up capital of Rs. 34,10,86,034.84, as recommended by the Board of Directors and approved by Nepal Rastra Bank, for the purpose of bonus shares.

4. To appoint an auditor for the fiscal year 2083/84 and fix their remuneration, as per Section 111 of the Companies Act, 2063, and Section 63 of the Banks and Financial Institutions Act, 2073. (The current external auditor, Mr. Sundar & Company Chartered Accountants, Pulchowk, Lalitpur, will be eligible for re-appointment).

(b) Special Resolutions:

1. To approve the proposal to distribute a bonus share dividend of Rs. 1,42,95,806.40, which is 4.25% of the institution's total paid-up capital of Rs. 34,10,86,034.84, from the distributable profit as of fiscal year 2082/83, as recommended by the Board of Directors and approved by Nepal Rastra Bank.

2. To approve the proposal to amend Section 6 (b) and (c) of the financial institution's Articles of Association. Furthermore, to grant full authority to the Board of Directors to make amendments, additions, adjustments, or changes as per any directives or suggestions from regulatory bodies regarding the amendments made in the Articles of Association.

3. To grant authority to the Board of Directors to merge/acquire other microfinance financial institutions, appoint a recognized valuer for the valuation of the institution's movable and immovable assets and liabilities (Due Diligence Audit) and fix their remuneration, and prepare a Memorandum of Understanding (MoU) related to merger/acquisition and proceed with all necessary procedures.

(c) Miscellaneous................

By order of the Board of Directors

Company Secretary

Other Information Regarding the Fifteenth Annual General Meeting:

1. For the purpose of the Annual General Meeting, the share registration book will be closed on 2083/08/23 BS. Shareholders registered in the share register book of Himalayan Capital Limited, the share registrar of this financial institution, based on transactions up to the day before 2083/08/23 BS and in accordance with prevailing laws, will be eligible to participate in the Annual General Meeting, vote, and receive the declared dividend.

2. For appointment to the position of director of this financial institution, as per the provisions in the institution's bylaws, a candidate must hold a minimum of 100 shares. The election program for one (1) director representing the Board of Directors for the remaining term (3 years) will be published by the Election Officer on the notice board of the institution's central office.

3. Shareholders wishing to participate in the Annual General Meeting must compulsorily present their beneficiary identity number (BOID) and an official identification card with a clear photo, or a copy thereof.

4. Details regarding the Annual General Meeting's annual report, proxy, and other documents can be viewed and obtained from the institution's website: www.himalayanlaghubitta.com.

5. Shareholders wishing to appoint a representative (proxy) to attend the meeting must fill out the proxy form and register it at the company's central office at least 72 hours before the start of the meeting. The appointed representative must be a shareholder of the company.

6. If a shareholder appoints more than one representative (proxy), the first registered proxy will be valid. Subsequent proxies will automatically be cancelled.

7. In the case where an organized institution or company has purchased shares, the representative nominated by such organized institution or company can participate in the meeting as a shareholder. The proxy form brought by the nominated person from such institution must bear the seal of the institution and the signature of the authorized person.

8. A person registered as a guardian in the company's share ledger book for shares cannot participate in the meeting or appoint a representative.

9. On the day of the meeting, the attendance register will be open from 10:00 AM until the conclusion of the meeting for shareholders to sign in.

10. Shareholders' opinions or questions will be answered collectively by the Chairperson of the meeting or by a person authorized by the Chairperson.

11. Shareholders interested in discussing matters under the miscellaneous agenda must submit written information to the Company Secretary within office hours, 7 (seven) days prior to the meeting. Such written information may be included in the discussion if deemed appropriate.

12. Esteemed shareholders are requested not to bring umbrellas, bags, or any other items to the meeting venue. During the meeting, security personnel at the venue may conduct security checks if deemed necessary, and your cooperation is requested.

Note: For further information, please contact the central office of this financial institution in Chabahil, Kathmandu (Phone No. 01-4598333/4598334).

Brief Financial Statement for the Fiscal Year 2082/83 (Information published for the purpose of Section 84(4) of the Companies Act, 2063)

(This is a brief statement of the institution's annual financial statements and the Board of Directors' report.)

Dear Shareholders,

For the purpose of the Fifteenth Annual General Meeting of Himalayan Laghubitta Bittiya Sanstha Limited, this brief annual financial statement provides information on the institution's financial position, profit/loss, cash flow statement, and overall business overview for the fiscal year 2082/83 as follows:

(a) Overview of the Company's Business in Past and Review Years

1. Main Headings under Financial Position:

(Amount in Rs. thousands)

S.N. Description Review Fiscal Year 2082/83 Last Fiscal Year 2081/82
1. Share Capital34,10,8631,22,16
2. Reserve Fund29,93,1220,81,90
3. Loans Payable4,00,85,243,62,89,04
4. Deposit Liabilities1,27,27,641,10,47,51
5. Borrowings4,85,78,004,89,56,17

2. Main Headings under Profit or Loss:

(Amount in Rs. thousands)

S.N. Description Review Fiscal Year 2082/83 Last Fiscal Year 2081/82
1. Interest Income71,17,1167,73,83
2. Commission and Other Income5,35,195,99,73
3. Interest Expense27,90,1730,59,95
4. Staff and Other Operating Expenses27,02,7327,76,84
5. Income Tax Provision9,66,053,66,25
6. Net Profit3,55,637,74,52

(b) Auditor's Opinion:

The audit of the financial institution's financial position, profit/loss, and cash flow statements for the fiscal year 2082/83 has been conducted by external auditor Mr. Sundar & Company Chartered Accountants, Pulchowk, Lalitpur, and the report, including the opinion that the financial statements are presented fairly in accordance with the directives issued by Nepal Rastra Bank and generally accepted accounting principles, has been received by this financial institution.