
हिमालयन पावर पार्टनरको १२औं वार्षिक साधारण सभा आह्वानHimalayan Power Partner calls its 12th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on June 25, 2026
हिमालयन पावर पार्टनर लिमिटेड
१२औं वार्षिक साधारण सभा बस्ने बारेको सूचना
(पटक प्रकाशित मिति २०८३/०३/११ गते)
श्री आदरणीय शेयरधनी महानुभावहरु,
हिमालयन पावर पार्टनर लिमिटेडको मिति २०८३/०३/१० गतेका दिन बसेको सञ्चालक समितिको ८७औं बैठकको निर्णयानुसार कम्पनीको वार्षिक साधारण सभा निम्नलिखित मिति, स्थान र समयमा निम्न विषयहरु माथी छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साधारण सभाको दिन निम्न लिखित मिति, स्थान र समयमा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
सभा हुने मिति, समय र स्थान :
सभा हुने मिति : २०८३ साल आषाढ महिना ३२ गते बिहिबार ।
सभा हुने स्थान : अम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाण्डौ ।
सभा शुरु हुने समय : बिहान ९:०० बजे ।
छलफलका विषयसूचीहरु :
क. सामान्य प्रस्तावहरु:
- सञ्चालक समितिको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने ।
- वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा मिति २०८२ श्रावण १ देखि २०८३ आषाढ मसान्तसम्मको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने ।
- आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
- सञ्चालक समितिको निर्वाचन गर्ने सम्बन्धमा ।
- स्वतन्त्र सञ्चालक नियुक्त गर्ने सम्बन्धमा ।
ख. विशेष प्रस्तावहरु:
- कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको आर्थिक सहयोग रकम रु.१,४३,००० लाई अनुमोदन गर्ने सम्बन्धमा ।
- कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने ।
- कम्पनीको प्रबन्धपत्र र नियमावलीमा भएको संशोधन सम्बन्धी नियमनकारी निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा वा त्रुटी सच्याउनु परेमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
ग. विविध सम्बन्धमा
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
साधारण सभा सम्बन्धी थप जानकारी :
१. साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयर दाखिल खारेज (शेयर दर्ता किताब) मिति २०८३/०३/१८ गते बिहीबारको दिन बन्द रहनेछ । दाखिल खारेज (शेयरधनी दर्ता पुस्तिका) बन्द हुनुभन्दा अघिल्लो दिनसम्म अर्थात मिति २०८३/०३/१७ गते बुधबार सम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई शेयर नामसारी भई कायम भएका शेयरधनीहरुले उक्त साधारण सभामा भाग लिन, मतदान गर्न पाउने व्यहोरा अनुरोध छ ।
Himalayan Power Partner Limited
Notice regarding the 12th Annual General Meeting
(First published date: 2083/03/11)
Dear Shareholders,
As per the decision of the 87th meeting of the Board of Directors of Himalayan Power Partner Limited held on 2083/03/10, the company's Annual General Meeting will be held on the following date, time, and place to discuss and decide on the following matters. This notice has been published for the information of all shareholders as per Section 67 of the Companies Act, 2063. All shareholders are kindly requested to attend the General Meeting on the following date, time, and place.
Date, Time and Place of Meeting:
Meeting Date : Thursday, 2083 Ashadh 32.
Meeting Place : Amrapali Banquet, Baluwatar, Kathmandu.
Meeting Start Time : 9:00 AM.
Agenda for Discussion:
a. General Resolutions:
1. To approve the annual report of the Board of Directors for the fiscal year 2081/082.
2. To discuss and approve the annual financial statements, including the auditor's report, the balance sheet as of 2082 Ashadh end, the profit and loss account from 2082 Shrawan 1 to 2083 Ashadh end, and the cash flow statement for the same period.
3. Regarding the appointment of an auditor for the fiscal year 2082/083 and determining their remuneration.
4. Regarding the election of the Board of Directors.
5. Regarding the appointment of an independent director.
b. Special Resolutions:
1. Regarding the approval of the financial assistance amount of Rs.1,43,000 provided by the company under social responsibility.
2. To amend the company's Articles of Association and Bylaws.
3. Regarding authorizing the Board of Directors to make necessary amendments to the company's Articles of Association and Bylaws as per any suggestions, changes, or instructions received from regulatory bodies or if any errors need to be corrected.
c. Miscellaneous Matters
By order of the Board of Directors,
Company Secretary
Additional Information regarding the General Meeting:
1. For the purpose of the General Meeting, the company's share registration (share register book) will be closed on Thursday, 2083/03/18. Shareholders whose shares have been traded and transferred in Nepal Stock Exchange Limited by Wednesday, 2083/03/17 (the day before the book closure) will be eligible to participate and vote in the said General Meeting.